संयोजक पद रद्द भएको रिऋ साध्न टिबडेवालले हाकिम नन्दकिशोरको चरित्र हत्या गर्न उधृत

599

रौतहट पुष ९ गते। रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले सुचना वापतको रकम भुक्तानीको विषयलाई लिएर पत्रकार प्रबिण टिबडेवालले आफुलाई बदनाम गर्ने कार्य गरेको बताएका छन । प्रभावकारी दैनिकको नाममा सुचना प्रकाशन गरे वापत एक पटक २० हजार र अर्को पटक ६० हजार रुपैयाँ भुक्तानी गर्न माग गरेको र सो रकम नदिएपछि पत्रकार टिबडेवालले आफनो चरित्र हत्या गर्ने बदनियतपुर्ण सोच राखी विभिन्न झुठा आरोप लगाई जनतालाई भ्रमित गर्ने काम गरेको प्रशासकीय अधिकृत गुप्ताले बताएका छन ।

पत्रकारले जनतालाई सहि सुचना दिनुपर्नेमा टिबडेवालले आफना निहित स्वार्थ पुर्ति गर्न आफना बारेमा कपोकल्पित, भा्रमक, तथ्यहिन, झुठा एवं गलत खबर सम्प्रेसन गरी पत्रकारिता जस्तो मर्यादित पेशालाई खेल्ली तथा धज्जी उडाएको उनले बताए । आफना निहित स्वार्थ पुर्तीका लागि कसैको पनि चरित्र हत्या नगर्न उनले पत्रकार टिबडेवाललाई सचेत गराएका छन । अब पनि इशनाथ नगरपालिकाको बारेमा गलत खबर सम्प्रेसन गरी जनतालाई भ्रमित कार्य गरेको पाइएमा टिबडेवालमाथी कानुनी उपचार गर्न बाध्य हुने गुप्ताले चेतावनी दिएका छन । त्यस्तै केही वर्ष पहिले इहनाथ नगरपालिकामा नियम विपरीत संयोजक पदमा करारमा पत्रकार टिबडेवाल काम गरी मासिक २३ हजार ५ सय तलवभत्ता खाइरहेको सुचना पाएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले उनको करार समझौता रद्द गरिदिएका थिए ।

संयोजकको करार समझौता रद्द गरिदिएपछि पत्रकार टिबडेवालले त्यती बेलादेखी नै अधिकृत गुप्तामाथी आक्रोस पोख्दै आएका छन । संयोज बनेर तलव वापत नगरपालिकाबाट टिबडेवालले १ लाख ६४ हजार ५ सय रुपैंया भुक्तानी लिएका छन । नियम विपरीत संयोज बनेर नगरपालिकाबाट बुझेको १ लाख ६४ हजार ५ सय रुपैंया टिबडेवालमाथी बेरुजु ठहरेको छ । टिबडेवालमाथी ठहरेको उक्त बेरुजु रकम उनलाई तिर्नुपर्ने बाध्यता भएको छ । एक त बेरुजु रकम तिर्नुपर्ने र अर्को संयोजक पद पनि चट भएकोले पत्रकार टिबडेवालले त्यसैको रिस साध्न भुक्तानीको बहाना बनाई अधिकृत गुप्तामाथी विभिन्न लाञ्छाना लगाउने काम गरिरहेको श्रोतले जनाएको छ ।