दिलीप पाण्डेय रौतहट १२ जेष्ठ
रौतहटको सरदमुकाम गौरमा रहेको प्रादेर्शिक अस्पतालमा आज देखि आइसीयू संचालनमा आएको छ ।
मदेश प्रदेशका मुख्यमन्त्री मा.सरोज कुमार यादबले एक कार्यक्रमबिच आज प्रादेर्शिक अस्ताल गौरमा आईसीयूको उद्धघाटन गर्नु भएको छ । कार्यक्रममा जसपाका प्रदेश सदस्य शोभा साहले अस्पतालमा कार्यरत रहेको कर्मचारीहरुलाई डियूटीको बेला लपवार्ही गरेकोमा प्रदेशबाट नै कार्यवार्ही समेत हुने चेतावनी दिनु भएकी छिन ।
सोही कार्यक्रममा स्थानी गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले अस्पताल संचालनमा कमी रहेका कर्मचारीहरु पनि नगरपालिकाबाट सहयोग हुने र हुदै आइरहेको जानकारी गराउनु भयो ।
साथै अब संचालन हुनेमा कुनै किसिमको समस्यालाई नगरपालिकाबाट तुरुन्त सामधान गर्ने वाचा समेत गर्नु भयो ।
अस्पतालको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि मा.मुख्यमन्त्री सरोज कुमार यादबले ५० सैयाको संचालनमा रहेको अस्पताललाई अगामी आर्थिक वर्षमा १०० सैया गर्ने र प्रदेशको दोस्रो नम्वरमा रहेको यो प्रादेर्शीक अस्पताल गौरलाई भविष्यमा प्रथम स्थान होस भने शुभकामना तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमी लागायत सबै स्वास्थ्यकर्मी,अस्पताल प्रशासन ,सहयोगी हाथ,पालिकाहरुलाई बधाई ज्ञापन गर्नु भयो ।
व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीको अध्यक्षता सम्पन्न भएको सो समउद्धघाटन कार्यक्रममा गौर नगरपलिकाका नगर प्रमुख शाम्भु साह,पूर्व राज्यमन्त्री योगेनद्र राय यादब,पूर्व प्रदेश सासंद रामकिशोर राय यादब,जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र मिश्रा, नेपाल प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख,नेपाल सेना प्रमुख, जसपाका नेता बिश्वनाथ पटेल,जसपा नगर अध्यक्ष अमरुल हक,जिल्ला अध्यक्ष श्यामबिहारी राय यादब,पूर्व मेयर अजय गुप्ता लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती थियो ।