नेकपाको केन्द्रिय समिति बैठक सुरु

1728

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रिय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा केन्द्रिय समिति बैठक सुरु भएको हो ।

बैठकको सुरुवातमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गरे। आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । केन्द्रीय समिति बैठकका पाँच दिनसम्म चल्ने छ ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ । याे समाचार केन्दबिन्दु अनलाइनमा राखिएकाे छ ।