महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ

602

महोत्तरीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको हो । उनका अनुसार पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

गत जेठ १६ गते दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै महोत्तरीको महोत्तरी गाउँपालिकामा एनएमबी बैंक लुटपाट गरेका थिए । बैंकका अनुसार ३८ लाख रुपैयाँ लुटपाट भएको थियो । ४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका थिए । उनीहरूले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मीशैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएका थिए ।