१० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा : कोरोना भाइरस

1752

बेइजिङ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्‍यो । जुन अस्पतालको मंगलबारदेखि सञ्‍चालनमा ल्याएको छ । 

चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शैय्याको अस्पताल मंगलबार रातिदेखि सञ्‍चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र  कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधासम्पन्‍न अस्पतालमा रुपान्तरण गरेको डेलीमेलले जनाएको छ । 

वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलबारदेखि सञ्‍चालनमा आएको हो । वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्‍न सबैलाई तोकिएको समयअगावै काम सम्प‍न्‍न गरेकोमा धन्यवाद दिएका छन् । 

 त्यहाँ स्थानीय समय अनुसार राति १०: ३० बजेदेखि बिरामीहरुको उपचार थालिएको हो । पहिलो पटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण गरिएका छन् ।

दक्षिणी वुहानको ह्वागाङमा रहेको उक्त अस्पताल दुई दिनमै बनाइएको हो । यसअघि शुक्रबार भवन निर्माण सम्पन्‍न भइसकेको तर, खाली रहेको बताएका थिइ । शनिबारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो । 

सोमकार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् । 

उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए  । 

यसअघि बिहीबार सरकारले एक सातामै कोरोना भाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने घोषणा गरेको थियो । 

यसअघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल खडा गरिएको थियो । 

२४ घण्टामा थप ७६९ संक्रमित बढेको चीनले पुष्टि गरेपछि उक्त अस्पतालको निर्माण सम्पन्‍न गरिएको थियो । अहिलेसम्म चीनमा ६ हजारभन्दा बढी संक्रमित छन् भने १३२ जनाको ज्यान गइसकेको छ । बाह्रखरी