हरिनास गापा अध्यक्ष आफ्नो जन्मदिनमा विद्यार्थीलाई पोसाक वितरण गर्दै

2785

खगेन्द्र हमाल स्याङ्जा हरिनाँस गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले आफ्नो जन्मदिनको अवसरमा गाउँपालिका भित्रका शिशु देखि १२ कक्षा सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई पोसाक वितरण गर्ने भएका छन। अध्यक्ष मानन्धरले जन्म दिनको अवसरमा स्थानीय सरकारको प्रमुखको हैसियतले राज्यवाट लिएको तलवभत्ता पालिका भित्रका सवै सरकारी स्कुलका गरिव तथा जेहेन्दार विधार्थीलाई पोसाक वितरण गर्ने निर्णय गरेका हुन।राज्यवाट अहिलेसम्म लिएको तलव भत्ता अाफ्नो जन्म दिनको अपसर पारेर पालिका भित्रका २२२० जना विधार्थीलाई पोसाक वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे। पालिका भित्रका २२२० जना विद्यार्थीहरुलाई प्रत्येक स्कुलमा अाफै गएर पोसाक वितरण गर्ने उनले जानकारी गराए।राज्यवाट अहिलेसम्म लिएको तलव भत्ता अाफ्नो जन्म दिनको अपसर पारेर पालिका भित्रका २२२० जना विधार्थीलाई पोसाक वितरण गर्ने र हरिनास गाउँपालिका भित्रका अशक्त,असाय अनार्थ टुहुरा तथा गरिव विद्यार्थीहरुको शिक्षा स्वास्थमा स्तर उन्नतिका लागि गापा अध्यक्षको हैसियत र ब्यक्तिगत तर्फबाट सधै सहयोग गर्ने जिकिर सम्मेत गरे।