यूएईको नवौं विकेट खस्यो

1251

काठमाडौँ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईको नवौं विकेट खसेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा यूएईको नवौं विकेट पतन भएको हो । 
नवौँ विकेटका रुपमा आसिफ खान (४६ रन) आउट भए । आठौं र नवौं विकेट नेपाली बलर ललित राजवंशीले लिएका हुन् । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।