प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शक्तिपिठ कंकालिनी मन्दिरको सरसफाइ

2307

सप्तरी ।। सप्तरीको हनुमाननगर कंलालिनी नगरपालिका स्थित भारदहमा अबस्थित शक्तिपिठ कंकालिनी मन्दिरमा मंगलबार सरसफाइ गरिएको छ ।

समुदाय-प्रहरी कार्यक्रम अन्तर्गत प्रहरी र स्थानीय बासीले संयुक्त रुपमा मन्दिर सरसफाई गरेको हो ।

ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रा नेतृत्वमा बिहान ९ बजे देखि शुरु भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थाका प्रतिनिधि र स्थानीय बासी गरि २सय ५० जनाको सहभागीतामा १ घण्टा सम्म सरसफाइ गरेको स्थानीयले जनाएको छ ।

समुदाय-प्रहरीको संयुक्त टोलिद्वारा मन्दिको वरपर र मन्दिर परिसर भित्र पुर्ण रुपले सरसफाइ गरेको जनाएको छ ।

रन एण्ड फण्ट कार्यक्रम अन्तरगत गृन र क्लिन सप्तरी बनाउने अभियानका साथ धार्मिक प्रर्यटकिय स्थलको सरसफाइ गरिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्राले जानकारी गराए ।कन्चनरुप न्युज