रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा राजदेवी नगरपालिकाको बडहर्वा टोलमा निशुल्क स्वास्थ्य शिविर र दलित विपन्न गरिबलाई कम्वल वितरण गरिएको छ ।
आरडीसी नेपालको सहयोगमा बडहर्वा टोलको ६० जना दलित, विपन्न र गरिबलाई न्यानो कम्बल वितरण गरिएको सिडियो किरण कुमार थापाले जानकारी दिनुभयो ।
त्यसैगरी जिल्ला अस्पताल र नेपाली सेनाको मेडिकल टोलीले बडहर्वामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ६० परिवारको सदस्यहरुको स्वास्थ्य जाँच र निशुल्क औषधी वितरण गरिएको सिडियो थापाले जानकारी दिनुभयो ।
लामो समयदेखी चलेको शीतलहरबाट बाँच्न न्यानो कपडा वितरणको लागि जिल्ला प्रसासन कार्यालयले माग गरेको दलित, गरिव, विपन्नको तथ्यांक संकल आजदेखी कटहरिया नगरपालिकामा शुरु भएको वडा नं ५ का अध्यक्ष सर्फलाल गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी ईशनाथ नगरपालिका, राजदेवी नगरपाकिा र कटहरिया नगरपालिकाले आजदेखी चौक चौकमा दाउराबाट आगो बाल्न शुरु गरेको छ ।
आगो बलेपछि स्थानीयहरुलाई अब चिसोबाट बाँच्न सजिलो भएको छ ।