रौतहट । रौतहटको गौर नगरपालिका वार्ड न.२ मा रहेको ऐतिहासिक वानेश्वर मन्दिरमा पुरातात्त्विक उत्खननबाट महत्वपूर्ण उपलब्धि हासिल भएको छ । पुरातात्त्विक विभागले १३ दिनसम्म गरेको उत्खननमा ६ सय ५० वर्ष पुरानो मन्दिरको जग पत्ता लागेको हो । जगमा प्रयोग गरिएका ईंटहरूले नेपालको पुरातात्त्विक इतिहासलाई झन् उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
उत्खननका क्रममा भेटिएका ईंटहरू बाराको सिम्रौनगढ मन्दिरमा प्रयोग गरिएका ईंटहरूसँग मिल्ने पाइएको छ । ईंटहरूको आकार २८ सेन्टिमिटर लम्बाई, २० सेन्टिमिटर चौडाइ, र ६ सेन्टिमिटर मोटाइको छ । केही ईंटहरूमा औंलाको छाप समेत रहेको उल्लेख गरिएको छ । पुरातत्वविद्हरूका अनुसार यस्तो संरचना मैन्युअल रूपमा निर्माण गरिएको प्रमाण हो । यी विशेषताले वानेश्वर मन्दिरको ऐतिहासिक महत्त्वलाई अझ उजागर गरेको छ ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले आफ्नो कार्यकालको सुरुदेखि नै वानेश्वर मन्दिरको महत्त्वलाई देशभर चिनाउन विशेष प्रयास गरेका थिए । उनले पुरातात्त्विक विभागसँगको सहकार्यमा मन्दिर उत्खननको पहल गरेका थिए । उनको अनुरोधमा दुई वर्षपछि मात्र विभागले यस स्थानको उत्खनन कार्य सुरु गरेको हो । नगरप्रमुख साहले भने वानेश्वर मन्दिर गौरको सांस्कृतिक पहिचान हो । यसको उत्खननले गौरलाई ऐतिहासिक र धार्मिक गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्नेछ ।
वानेश्वर मन्दिर राजा सेबई सिंहको पालामा निर्माण भएको विश्वास गरिन्छ । यो मन्दिर गौर क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा परिचित छ । उत्खननका क्रममा भेटिएका ईंट, माटाका भाँडाकुँडा, र अन्य अवशेषहरूले यो क्षेत्र प्राचीन सभ्यता र घना बस्ती भएको प्रमाणित गरेको छ । पुरातात्त्विक विद्वान देबेन्नाथ तिवारीले भन मन्दिरको जग, निर्माण सामग्री, र अन्य भेटिएका अवशेषहरूले नेपालका प्राचीन मन्दिरहरूको स्थापत्यकला र निर्माण शैलीबारे नयाँ तथ्य प्रस्तुत गर्नेछ । यो स्थानको अध्ययनले गौर क्षेत्रको इतिहासलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
स्थानीयवासीहरूले वानेश्वर मन्दिरको उत्खनन र पुनर्निर्माणले गौरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व दिलाउने विश्वास गरेका छन । उनीहरूको अनुसार, यो मन्दिरको पुनर्संरचना भएमा गौरको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुनेछ । स्थानीयवासी रामेश्वर यादवले भने वानेश्वर मन्दिर गौर क्षेत्रको सम्पदा हो । यसको उत्खननले हाम्रो पहिचानलाई बलियो बनाएको छ । अब यो मन्दिर राष्ट्रिय धरोहरमा सूचीकृत हुने अपेक्षा छ ।
पुरातात्त्विक विभागले उत्खननको बाँकी ७ दिनमा थप महत्त्वपूर्ण सामग्री फेला पर्ने आशा गरेको छ । उत्खनन टोलीले माटाका भाँडाकुँडा, पुराना निर्माण सामग्री, र अन्य वस्तुहरू फेला पारेका छन् । पुरातत्वविद्हरूले यस स्थानलाई अझै गहिरो अध्ययन र संरक्षण आवश्यक रहेको बताएका छन् । वानेश्वर मन्दिरको उत्खननले गौर क्षेत्रको ऐतिहासिक महत्त्वलाई उजागर गरेको छ । नगरप्रमुख र स्थानीयवासीको सक्रियता र पुरातात्त्विक विभागको प्रयासले यो परियोजनाले नेपालको सम्पदा जोगाउन र पर्यटन प्रवद्र्धन गर्न ठूलो योगदान पु¥याउनेछ । यस मन्दिरको पुनर्संरचना र संरक्षणले गौरलाई देशको ऐतिहासिक तथा धार्मिक धरोहरका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।