भर्खरै बिरगंजमा गोलि चल्यो

2070

अपहरणमा परेका एक बालकको उद्धार गर्न पर्सामा गोली चलेको छ । वीरगञ्जको सिर्सिया खल्वाटोलमा अपहरणकारीलाई गोली प्रहार गरी अपहरित बालकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको गोली लागेर एक जना अपहरणकारी घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिकाका राजकुमार दासलाई गोली लागेको हो।
काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले दासलाई गोली हानी नियन्त्रणमा लिएको एसपी राठौरले बताए । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।