गाउँपालिका अध्यक्ष पक्राउ

1707

बारा ।। बाराको बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई आफनै कार्यकक्षवाटै प्रहरीले पक्राउ गरेको छ ।
बारा प्रहरीले सवारी ज्यान मुद्दाको अभियोग लागेपछी फरार रहेका गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई आइतबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरी निरीक्षक ओमप्रकाश यादबको टोलिले उनलाई पक्राउ गरेको हो ।
राउतलाई सोधपुछका लागि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको प्रहरि निरीक्षक यादबले बताए ।
कानुनको सबैको लागि बराबर हुन्छ चाहे गरिब होस चाहे अमिर , आम जनता होस चाहे जनप्रतिनिधि, गल्ती गर्नेले त सजाय पाउनै पर्छ ईंस्पेक्टर ओम प्रकाश यादवको भनाई रहेको छ ।
करिब १३ वर्ष अगाडि सवारी ज्यान मुद्दामा कैद र जरिवाना आदालतले सुनाएको थियो । तर १३ वर्षको सम्म कति प्रहरी आए तर पक्राउ गर्न सकेको थिएन ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं। ३ घर भएका अध्यक्ष भेडिहरलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अध्यक्ष भेडिहरलाई सजाय भुक्तानको लागि विरगंज कारागारमा पठाईएको पनि यादबले जानकारी दिए ।