रौतहट : रौतहटको इशनाथ नगरपालिका अन्तर्गत रहेका प्रत्येक बिधालय अत्यधिक चिसोको कारण कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि मात्र इशनाथ नगरपालिकाबाट ९ गतेसम्मको बिधालय बन्द गरेका छन । त्यस्तै राजदेबी नगरपालिका र बृन्दावन नगरपालिकाले पुस ११ गते सम्मका लागि विद्यालय बन्द गरेको छ।
सोमबार ७ गतेदेखि शुक्रबार ११ गते सम्मका लागि राजदेबी नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको नगर प्रमुख धिरेन्द्र सिहले जानकारी दिए।
बढदो चिसो तथा शितलहरले गर्दा जनजीवन प्रभावित भएपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए। पुस १ गतेदेखि रौतहटलगायत तराइका जिल्लाहरूमा शितलहर पर्न थालेको हो।
अत्यधिक जाडो बढेपछि स्थानीय तहका इशनाथ नगरपालिकामा रौतहटको पहिलो नगरपालिका आफ्नो नगरभरी वन कार्यालयबाट काठ उपलब्ध गराएर पनि टोलटोलमा दाउरा वितरण गर्न थालेका छन् भने प्रहरीले जिल्लाको बिभिन्न ४१ ठाउँमा आगो ताप्ने व्यवस्था पनि गरेको छ।
जनजीवन कष्टकर
जिल्लाका अन्य भेगमा समेत शीतलहरले अत्यधिक प्रभाव पारेको छ । यसबाट बालबालिका, बूढाबूढी र विपन्न वर्गका मानिस बढी प्रभावित भएका छन् ।