प्रभातकुमार झा
रौतहट, १३ मंसिर । रौतहटको दुर्गा भगवती गाँउपालिका अन्तर्गत बडहर्वामा निर्माण भएको नवनिर्मित बर्थींग सेन्टरको भवनबाट सेवाग्रही यस भेगका जनताहरु लभान्वित हुने गाँउपालिका अध्यक्ष अरुणकुमार साहले बताए ।
गाँउपालिका अन्तर्गत वडा नम्वर ५ बडहर्वाका जनताहरुलाई बर्थींग सेन्टरको अभावमा सेवाग्रही जनताहरु निकै सास्ती खेपिरहदा सामुदायिक विकास कार्यक्रम (सिडिपी) र गाँउपालिकाको आर्थिक लगानीमा निर्माण भएको बर्थींग सेन्टरबाट यस भेगका सेवाग्रही जनताहरु लाभान्वित हुने स्पष्ट पारे ।
एक समारोहका विच शुक्रवार बर्थींग सेन्टरको उदघाटन गर्दै गापा अध्यक्ष साहले नवजात शिशु देखि लिएर सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने खोपहरुलाई व्यवस्थित बनाउन तथा अन्य सेवाग्रहीहरुलाई आवश्यक पर्ने सेवा बर्थींग सेन्टरबाट प्रदान हुने उनले स्पष्ट पारे ।
बर्थींग सेन्टर मात्रै नभई यस गाँउपालिकाको युवायुवतीहरुका लागि विभिन्न सिपमुलक तालिम निकट भविष्यमा संचालन गराएर आत्मनिर्भर बनाउने, छोरी बचाउ छोरी पढाउ अभियान अन्तर्गत साइकल वितरण गरिने, स्वास्थ्य शिक्षाको स्तरलाई सुधार गरेर गुणात्मक स्वास्थ्य शिक्षाको प्रबन्ध मिलाउन आफू कटिबद्ध रहेको बताए ।
निमुखालाई रोजगार, वेराजगार युवालाई सिपमुलक तालिम, स्वच्छ खानेपानीको व्यवस्थापन, एकिकृत नमूना बस्तीलाई प्राथमिकताका साथ अघि बढाएर गाउँपालिकाको जनताहरुलाई आत्मनिर्भर एवं स्वाबलम्बन बनाउने अभियान चाँडै सुरु गर्ने भएको हुँदा राजनितिक स्वार्थ छाडी सबै पक्षबाट सकारात्क सहयोग भएमा मात्रै सम्भव रहेको आवश्यक रहेकोमा सबैबाट उनले सहयोगको अपिल गरे ।
सो कार्यक्रममा गाँउपालिका उपाध्यक्ष श्रीमती मंजु देवी झा, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृष्णप्रसाद यादव, निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष तथा क्षेत्र नम्वर १ क को विधायकको उम्मेदवार नागेन्द्र साह, श्रीराम यादव सहितका स्थानीय समाजसेवीहरुको उपस्थिति रहेका थिए । बर्थींग सेन्टरको लागि सिडिपीले ३१ लाख ३१ हजार, गाँउपालिकाबाट १ लाख ७५ हजारको लागतमा उक्त भवन निर्माण भएको छ । बर्थींग सेन्टरमा ४ लाखको सामग्री सिडिपीका कार्यक्रम संयोजक लिलबहादुर कार्कीले हस्तान्तरण गरेको गाँउपालिकाले जनाएको छ ।
यसैगरी आजै सनराईज बैंकको ब्राञ्च मैनेजर अभय कर्णले दुर्गा भगवती गाउपालिकालाई एक थान कम्प्युटर सेट हस्तान्तरण गरेको गापा अध्यक्ष अरुणकुमार साहले मध्य तराई दैनिकलाई जानकारी दिए ।