रौतहट, २७ माघ । इशनाथ नगरपालिकाको नगर प्रमुख सन्तोष कुमार मेहताले स्थानीय सरकारको विना इजाजत माण्डवी नामक गैर सरकारी संस्थाले काम गरिरहेकोमा आपत्ति प्रकट गरेको छ ।
इशनाथ नगरपालिकामा मंगलवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगर प्रमुख मेहताले स्थानीय तहमा काम गर्ने एनजिओ तथा आइएनजिओहरु पहिला स्थानीय तहबाट स्वीकृति लिएर बल्ल काम गर्नुपर्ने प्रावधान भएपनि माण्डवी नामक संस्था गैरकानुनी रुपमा काम गरिरहदा उक्त कार्य प्रति आपत्ति प्रकट गरेको हो ।
दात्री निकाय युएन ओमेन प्रोजेक्टबाट आर्थिक लगानीमा माण्डवीले ल्याएको विभिन्न कार्यक्रमहरु वारे इशनाथ नगरपालिकालाई जानकारी नै नदिई धमाधम कार्यक्रम गरिरहदा समाज सेवाको नाममा राजनितिकरण गरिरहदा उक्त कार्य कानुन विपरित रहेको हुँदा माण्डवीलाई सहयोग गर्ने दात्री निकायलाई अविलम्ब कामहरु बन्द गर्न पत्राचार गरेको मेहताले पत्रकार सम्मेलनमा जानकारी गराए ।
राजनिति स्वार्थ पुरा गर्नका लागि खोलिएको गैरसरकारी संस्था माण्डवीले जनहित विपरित काम गरिरहेको हुँदा जनताहरुको व्यापक जनगुनासो बढेपछि उक्त संस्था विरुद्ध नगरपालिका नचाहेर पनि कठोर कदम उठाउन बाध्य भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख मेहताले युएन ओमेन प्रोजेक्टको कार्यक्रमबाट राजनितिक स्वार्थ पुरा गर्ने उद्देश्यबाट ग्रसित रहदा यहाँ समाजिक सदभावमा खलल पुग्ने भएको हुँदा नियम विपरित काम गरेको हुँदा उक्त कार्यहरु रोक्न नगरपालिका बाध्य भएको स्पष्ट पारे ।
इशनाथ नगरपालिका कसै संग पुर्वाग्रही नरहेको हुँदा मण्डवीले नगरपालिका संग सहकार्य गरेर अघि बढेमा स्वागतयोग्य रहेको जानकारी दिदै माण्डवी मात्रै नभई जुनसुकै संघसंस्थाहरु काम गर्नु अगावै नगरपालिकाबाट स्वीकृति लिएर गरे जनमुखी वा प्रभावकारी हुने बताए । कसै संग पुर्वाग्रही नभएको तर संस्था चलाउनु छ भने संस्थागत हिसावबाट अघि बढ्नु पर्यो यदी राजनिति गर्नु छ भने संस्था छाड्नु पर्यो उनले भने ।
नेपाली काँग्रेसको इशारामा गरिव निमुखा सहित लक्ष्ति वर्गलाई लाभान्वित नगराई आफना पटेकको व्यक्ति तथा पार्टीगत रुपमा आबद्ध रहेका जनतालाई लाभान्वित गराउने गर्दा उक्त कार्यलाई नगरपालिकाबाट अघि बढ्न नदिने अडान समेत उनले लिए । पहिलो त माण्डवी स्थानीय तह संग समन्वय नगरेको आर्को जनताबाट निर्वाचित जनप्रतिनिधिहरुलाई वाइपास गरेर आफूखुशी जनविरोधी भावना फैलाउने कार्यमा संलग्न रहदा उक्त प्रोजेक्टको कार्य अव उपरान्त हुन नसक्ने समेत उनले बताए ।
आर्थिक बर्ष २०७५÷०७६ मा डेढ सय डिप हण्डपाइप जडान गर्नको लागि स्वीकृति लिएपनि आर्थिक बर्ष सकेर अर्को आव आइसक्यो तर जनतालाई राहतको नाममा राजनिति सुरु गरिरहेको समेत उनले आरोप लगाए । सो पत्रकार सम्मेलनमा उपस्थित वडाध्यक्षहरुले माण्डवीद्धारा डिप हैण्डपाइप जडान गर्दा प्रति व्यक्तिबाट १० देखि १२ हजार सम्म रकम लिएर जडान गरिरहेको गम्भिर आरोप लगाउदा युएन ओमेन प्रोजेक्टको ध्यान जानुपर्ने आवश्यक रहेको बताए ।तराई टप