बारा,भाद्र २८ गते ।
कलैया सिटि जेसिसको आयोजनामा कलैयामा मिती २०७७/०५/२५ गते देखि चुल्हो बाल्ने अभियानको शुभारम्भ गरिएको हो । विश्वामा माहामारिको रुपमा फेलिएको कोरोना वायरस (covid 19) को कारण दैनिक रूमा जलादरी गरी खाने मानछेहरुलाई घरमा चूल्हों बलेको छैन भने उहा हऱुको घरमा चूल्हों बलोस भने राहत सोरूप खाधायान सामग्री वितरण गरिएको हो ।
उक्त अभियान अन्तर्गत कलैया उपमहानगरपालिकाभित्र रहेका कोरोना भाइरसबाट प्रभावित अति विपन्न , गरिब , असहाय घरपरिवारलाई आज एक कार्यक्रमका बिच चुल्हो बाल्नको लागि केहि राहत सामग्रीहरु हस्तांतरण गरिएको छ।
कलैया सिटि जेसिस सन २०२० का अध्यछ विपिन चौधरीको अध्यछतामा भएको उक्त कार्यक्रममा ५१ जना अति विपन्न , गरिब , असहाय घरपरिवारलाई चामल १० किलो , दाल १ किलो, सोयाबिन आधा किलो , नुन १ किलो , खाने तेल १ पाकेट , सलाई १ पाकेट वितरण गरिएको थियो।
उक्त कार्यक्रममा शाखा का अध्यक्ष जेसी विपिन चौधरी, नी.अध्यक्ष राजेश कुशवाहा, महासचिव जेसी शम्भु कुमार गुप्ता, पूर्व अध्यक्ष जेसी धनिलाल सर्राफ , त्यसैगरी मीडिया संयोजक जेसी अनिल कुशवाहा , जेसी बैजु दास , जेसी सुभाष जसवाल, जेसी लुकमान खान , लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजक जेसी पवन कुशवाहाले गरेका थिए ।