रौतहट ।। लैंिंगक हिंसा , कानुनी साधन र प्रेषण संयन्त्रबारे अभिमुखिकरण कार्यक्रम शुक्रबार रौतहटको सदरमुकाम गौरको साइमन होटलको सभाहलमा सम्पन्न भएको छ ।
बढदै गएको सामाजिक बिकृतीको रुपमा रहेको लौगिक हिंसा ,घरेलु हिंसा ,बाल विवाहलाई न्युनीकरण गर्ने उदेश्यले इस्लामिक रिलिफ नेपाल,इस्लामिक रिलिफ क्यानाडाको सहयोगमा संचालित समान र न्यायिक समाजको लागि लौगिक हिंसा न्युनीकरण परियोजना अन्तर्गत कार्यक्र्मको आयोजना गरिएको थियो ।
ग्रामिण बिकास केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागि भएको युवा समुह ,सामुदायिक तथा महिला समूहका सदस्यहरुलाई सामाजिक रुपमा जरो गाडदै गएको बिकृतीलाई न्युनीकरण गर्न चाल्नु पर्ने कदम, कानुनी प्रक्रिया कार्यान्वयन गर्ने निकायको भुमिका दायित्वबारे कार्यक्रम संयोजक धर्मेन्द्र साहले बताएका छन ।
लैगिक र लैगिकताको आधारमा हुने बिभेद असर र निराकरण तथा कानुनी उपचारको बिषयमा समुह बनाइ छलफल गरिएको थियो । बिभेदको बिषयमा कानुनी रुपमा उजुरी दिए केहि हदसम्म न्युनिकरण गर्न सकिने सहभागिहरुले सुझाव दिनुको साथै जनचेतनामुलक कार्यक्रम गरेर यसको बारेमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिए । राजपुर नगरपालिकाका ३० जना सहभागिहरु रहेका थिए ।