आलमको बयान सकियो, बाँकी बयान भोलि हुने

1800

रौतहट । सांसद मोहम्मद अफताव आलमसँगको बयान मंगलबारका लागि सकिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान भइरहेको छ ।

मंगलबारको बयान सकिएपछि आलमलाई पुन जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । उनको बाँकी बयान भोलि हुनेछ ।
मंगलबार आलम पक्षका कानुन व्यवसायीले मिसिलको नक्कल उपलब्ध नगराएकामा विरोध जनाएपछि केहीबेरका लागि बयान स्थगित भएको थियो ।

उनका कानुन व्यवसायीले मिसिल पाएपछि पुन २० मिनेटजति बयान भएपछि मंगलबारका लागि स्थगित भएको जिल्ला अदालतले जनाएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इटाभट्टामा हालेर हत्या गरिएको थियो ।