१२ शव फेला, ७ जनाको सनाखत

172

रौतहट, ३१ असार । त्रिशुली नदीमा खसेर वेपत्ता भएका दुई बसका यात्रुहरु मध्ये थप तिन जनाको शव फेला परेको छ भने अहिले सम्म १२ जनाको शव संकलन गरिएका छन् ।
संकलन गरिएका १२ शव मध्यृ ७ जनाको मात्रै सनाखत हुने सकेको छ अन्यको सनाखत हुने प्रक्रियामा रहेका चितवन प्रहरीले जनाएका हुन् ।
पूर्वी र पश्चिम नवलपरासीबाट गरिएर थप ३ जनाको शव भेटिएको बताइएको छ । पश्चिम नवलपरासीको सुस्ता स्थित नारायणी नदिको किनारमा एक र पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको बताए ।
मिडिया रिपोर्टका अनुसार, पूर्वी नवलपरासीको गण्डकमा शव देखिएको छ तर, निकालिसक्ने अवस्था छैन । आइतबार साँझ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत गरिएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ स्थित पदमपोखरी बस्ने २३ वर्षीय सुदिप विक र रौतहट यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठाका १७ वर्षिय राहुम मियाँको रुपमा सनाखत भएका छन् । सुदिप एन्जल डिलक्समा सवार थिए । मियाँ गणपति डिलक्समा सवार रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।
चितवन, नवलपरासी पूर्व र पश्चिमबाट १२ जनाको शव संकलन गरिएको छ । तीमध्ये ७ जनाको सनाखत भएको र अरुको सनाखत गर्ने प्रयास भइरहेको डिएसपी रिजालले भने ।
जिल्ला प्रशासन कार्यालय चितवन दुबै बसमा गरी ६५ जना यात्रुहरु रहेको पुष्टि गरेका थिए । तिन जना हामफालेर ज्यान जोगाउन सफल भएपनि ६२ जना वेपत्ता मध्ये हाल सम्म १२ जनाको मात्रै शव फेदा परेको ५० जना अझै हराइरहेका छन् ।