राकेश यादव , ८ कार्तिक
बम काण्डको अभियोगमा पक्राउ परेका निलंवित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य महमद आफताव आलम को पक्षमा रौतहट जिल्लाको सदरमुकाम गौरमा बृहद मौन जुलुस निकालिएको छ । पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेसका कार्यकर्त्ताहरु हजारौको संख्यामा मुखमा कालो पट्टी बाँधेर शान्तिपूर्वक जुलुस निकालेका हुन ।
२०६४ चैत्र २७ गतेको दिन भनिएको बम विस्फोटको घटना नै नभएको आरोपमा सरकार नियत बस नेता आलम को पक्राउ गरेकोले अविलम्भ रिहा गर्नु परयो , विना कारण धरपकड़ गर्ने कार्य बन्द गर , विधिको साशन लागू गर जस्ता नारा लेखिएको आफताव आलम समर्थहरुले कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो ।
मधेशी क्रान्ति चौक बाट निस्किएको रैली मौन रुपमा नगरपरिक्रमा गरेका थिए । जुलुसमा ३० हजारको संख्या समर्थकहरु सहभागी भएका थिए ।
प्रहरी जवर्दस्ती घटना सावित गर्न खोज्दै सभापति यादव
नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादवले बम काण्डको आरोपमा पक्राउ परेका मोहमद आफताव आलम निर्दोष सावित हुनेमा विश्वस्त रहेको बताएका छन ।
संचारकर्मीहरु सित कुरा गर्दै सभापति यादव प्रहरी प्रसाशन बलजवर्दस्ती घटना सावित गराउन खोज्दै गरेको जनाए ! सरकारले सुनियोजित रुपमा आलम लाइ फसाउन खोजेको भन्दै यादवले प्रहरी विधिको शासन कायम गर्नु पर्ने धरना राखे ।
स्थानीय प्रसाशनलाइ निष्पक्ष रुपमा छानविन गर्न लाइ दवाव दिने उदेश्यले आलमको पक्षमा सड़कमा जनसैलाव उत्रिएको जिकिर गर्दै सभापति यादवले कानून विपरीत जनतालाई त्रसित बनाएर अनुसन्धान गर्न शुरू गरिए रौतहटमा ठूलो जनसहभागिता ओर्लिने चेतावनी दिए ।
तथ्यको आधारमा अनुसन्धान गरे नेपाली कांग्रेसले सघाउने भने नियत बस कांग्रेस समाप्त गर्ने उदेश्यले काम गर्ने चर्को विरोध गर्ने समेत बताए ।
कांग्रेस सिध्याउने सरकारको सडयंत्र पूर्व सभासाद यादव
नेपाली कांग्रेसका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व संविधान सभा सदस्य जीतेन्द्र प्रसाद यादव सुनीलले नेपाली कांग्रेसलाइ सिध्याउने उदेश्यले सरकार सडयंत्र गरिरहेको आरोप लगाएका छन ।
अनुसन्धानको बहाना बनाएर नेता आलमलाइ हिरासतमा राख्न खोजिएको कार्यको निन्दा गर्दै नेता यादवले विना प्रमाण अतिरञ्जित घटनाको आरोपमा निर्दोष नेता आलमलाइ सरकारले योजना बद्ध रुपमा फसाउन लगाएको बताए ।
उहाले नेपाली कांग्रेस सधै लोकतन्त्र , जनताको अधिकार र कानूनको रक्षाको लागि संघर्ष गर्दै आएको पार्टी भएकोले कसैको दवावमा कार्य नगर्न स्थानीय प्रहरी सित आग्रह गरे ।
१२ वर्ष अघि नै प्रमाणको आभावमा खÞारेजी गरिको मुद्दालाइ सरकारले सडयंत्र पूर्वक उचालेको भन्दै लाश जांच मुचुल्का , पोस्टमार्टम लगायतका प्रमाण नरहेको मुद्दामा सरकारका प्रहरीले बदनीयत पूर्वक आलमलाइ पक्राउ गरिएको उहाले जिकिर गरे । नेपाली कांग्रेस गल्ती नहोस भन्ने उदेश्यले खबरदारी गरेको बताए । तेस्रो पटक थपिएको म्याद भित्रमा प्रहरीले अनुसन्धानको कार्य सकिएन भने नेपाली कांग्रेसले न्य रणनीति अपनाउने स्पस्ट परे ।
बम विस्फोटको घटनामा मृत्यु भएको भनिएको त्रिलोक प्रताप सिंह पिंटू अपहरण तथा शरीर बंधक मुद्दामा फरार अभियुक्त रहेकोले त्यों घटनामा कसरी पुग्यो भने जिकिर गरे ।
प्रमाण नै जुटाउन नसकेको प्रहरीले अनुसन्धानको बहानामा हिरासतमा राखिने कार्य गर्यो भने त्यसका विरुद्ध मानव सागर ओराल्ने चेतावनी समेत दिए ।
मृतक पिंटू पहिलाको अपराधी पूर्व मंत्री सिंह
नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य राज्य मंत्री ब्रजकिशोर सिंहले बम काण्डको घटना सुनियोजित भएको दावी गरेका छन ।
स्थानीय सरुअठा निवासी समेत रहेका सिंहले मृतक भनिएका पिंटू पहिला देखिको अपराधी प्रवृतिका व्यक्ति भएकोले झूठा घटना सृजना गरी सांसद आलम माथि जाहेरी दिएको टिपण्णी गरे ।
उनले भने गौ को भएकोले त्यसको बारेमा राम्ररी जानकारी रहेको र मृतक भनिएका पिंटू सिंह पहिला नै अपहरण तथा शरीर वन्धक मुद्दामा प्रहरीको फरार अपराधीको सूचिमा रहेको जिकिर गरे । बाटोमा लूटपाट गर्ने पेशेवर अपराधीको सूचिमा रहेका पिंटू का बुवाले सडयंत्र पूर्वक नेता आलमलाइ फसाएको दावी गरे ।
कम्युनिस्टले एकात्मक शासन गर्न खोज्यो मेयर यादव
रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाका नगर प्रमुख राम स्नेही राय यादवले नेकपा सरकार कांग्रेसलाइ दमन गर्ने नियत लिएको बताएका छन ।
मौन जुलुस पछि संक्षिप्त कुरा गर्दै मेयर यादवले लोकतन्त्र र प्रजातंत्रको लागि सधै अग्रणी भूमिका खेल्दै आएका सांसद मोहमद आफताव आलमलाइ कम्युनिस्ट सरकारले एकात्मक साशन गर्न खोजने सोचले यस्तो कार्य गरेको बताए ।
उहाले नभएको घटनालाइ उचालेर सरकारले गल्ती गरेको बताउँदै निष्पक्ष रुपमा छानविन नगरिए सरकारको विरुद्धमा संघर्ष गरिने चेतावनी दिए ।
वर्तमान सरकार लोकतन्त्र विरोधी हुन गिरी
नेपाली कांग्रेसका नेता तथा रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख विधान सभाका प्रत्यासी रामचन्द्र प्रसाद गिरीले नेकपा सरकार प्रेस स्वतंत्रता , लोकतन्त्र र प्रजातंत्र विरोधी भएको आरोप लगाएका छन । संचारकर्मीहरुलाई सत्य तथ्य समाचार सम्प्रेसन गर्न सुझाव दिदै आगामी दिनमा प्रेस माथि अंकुश लगाउने सरकारको सडयंत्र रहेको सचेत भएर कार्य गर्न आग्रह गरे ।
गिरीले भने यो सरकार कम्युनिस्ट शासन ल्याउन खोजेको छ । सरकारको गतिविधिले संघीयता ,स्वतंत्रता माथि समेत खतरा रहेको आशंका व्यक्त गर्दै नेपाली जनतालाई सचेत रहन आवश्यकता रहेको जोड़ दिएका छन ।
साझेदारी बन समितिका सभापति समेत रहेका नेता गिरीले राजपुरमा भएको भनिएको बम विस्फोटको घटनाको कुनै प्रमाण नभएकोले न्याय मिल्ने आफु आशावादी रहेको उल्लेख गरे । सत्यको जित हुन्छ विश्वास गर्नु परयो उनले भने देर छ अंधेर छैन ।
प्रहरीले प्रमाण जुटाउन बलजवरदस्ती मान्छे समातेर झूठो व्यान गराउने गर्दै आएको कार्य प्रति घोर आपत्ति जनाउँदै गिरीले निष्पक्ष रुपमा छानविन गर्न अपील गरेका छन ।