रौतहट // रौतहट जिल्लाको सदरमुकाम गौरमा आज नेपाली काग्रेस पार्टीद्धारा मुखमा कालोपटी बाधेर शान्ति जुलुस प्रदर्शन गरेका छन । निलम्बित सांसद मोहम्मद अफताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरेका थिए । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिश गेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार मात्र अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।