प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता जारी

423

बैशाख २६ गते । नक्कली शरनार्थी काण्डले देश तातेको बेला प्रमुख तीन दलका अध्यक्षको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय सेटिंगमा नेपाली नागरिकलाई भुटानी सरनार्थी बनाएर अमेरिका पठाउने काण्डमा गृह प्रशासन, एमाले नेता टोपबहादुर रायमाझी, काँग्रेस सभापति शेरबाहदुर देउवाकी पत्नी आरजु राणसहित मुछिएका छन् ।