रौतहट // होली पर्व मनाईरहेको अवस्थामा नवालकहरुले मस्जिदको पर्खालमा रंग लगाएको विषयलाई अतिरंजित बनाएर शेख जमशैदले देखाएको दम्भबाट सृजना हुने असहज परिस्थितिलाई नियन्त्रण गर्न हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा बुधवार गौर नगरपालिका वडा नम्वर ६ का हिन्दु जन–समुदायले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का समक्ष ज्ञापन पत्र बुझाउदै शेख जमशैद विरुद्ध कारवाहीको माग गरिएका हुन् ।
चैत १ गते होली पर्व मनाउने क्रममा नवालकहरुले मस्जिदको पर्खालमा रंग छ्यापेको विषयलाई लिएर गराईरहेको टिकाटिप्णी प्रति सर्वप्रथम हिन्दु जन समुदायले घोर भत्र्सना गरे । गौर नपा ६ सबगढावासीका मुस्लिम समुदायका केही व्यक्तिहरु हातहतियार बन्दुक लिई हिन्दु समाज सबगढा माथि जिऊ ज्यानको खतरा पुर्याउने शेख जमशैद उपर हाथहतियार खर खजाना सम्बन्धी कसुर अपराधमा कारवाही गर्न माग गरिएको छ ।
जनमत पार्टीका जिल्ला इन्चार्ज समेत रहेका शेख जमशैदले सबगढा गाउँमा हिन्दु मुस्लिम विच तनाव गराएर आफ्नो राजनीतिक रोटी सेक्ने कार्यमा लागि परेको हुँदा हिन्दु समाज माथि हत्या हिंसा मुस्लिम समाजका अराजक तत्व एवं मानसिक सोचबाट ग्रसित भएका व्यक्तिहरुद्धारा हुने सम्भावित घटना एवं दुर्घटना जस्ता सम्प्रदायिक उपद्रपव तथा हुलदंगा गराउने व्यक्तिहरु सहित जमशैद विरुद्ध कारवाही गर्न सबगढा हिन्दु जनसमुदायले प्रजिअको गम्भीर ध्यानाकर्षण गराए ।
उक्त गाउँमा भईरहेको गतिविधि माथि सुक्ष्म दृष्टि राखेर गम्भीरताका साथ गलत तत्वहरुलाई तह लगाउदै अवस्थालाई साम्य बनाउने कार्य पनि स्थानीय प्रहरी प्रशासनको रहेको यसै ज्ञापन पत्र मार्फत अनुरोध र आग्रह गर्दै समयम तदारुक्ता नदेखाएमा सबगढा गाउँका हिन्दु समाज आन्दोलिनमा उत्रिन बाध्य हुने छ सोको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायको हुने समेत प्रेषित ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा वडाध्यक्ष अवधविहारी साह, राजेन्द्र साह, प्रेमचन्द्र साह लगायतका सबगढा हिन्दु जनसमुदायक अगुवाहरुको उपस्थिति रहेको थियो ।