रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद दिएको छ ।
जिल्ला अदालत रौतहटले आलमलाई तेस्रो पटक आज ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको हो । यस अघि उनलाई पहिलो पटक ७ दिनको र दोस्रो पटक ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । १२ वर्ष अघि २०६४ चैत्रमा राजपुरमा भएको बमविस्फोटको आरोपमा उनी पक्राउ परेका हुन् ।