कोशी प्रदेश : बाहिर झडप, भित्र संसद बैठक

419

विराटनगर  / कोशी प्रदेशस सभाको दोस्रो तथा बजेट अधिवेशनको पहिलो बैठक सुरु भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न बैठकको शून्य समयमा  बोल्ने सांसदहरुले सरकारलाई आग्रह गरेका छन् ।

प्रदेशसभा भवन बाहिर भने प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ ।

प्रदेशसभा भवन बाहिर कोशी प्रदेशको विरोधमा  उत्रिएका पहिचानवादी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन्  ।

प्रहरी प्रदर्शनकारीमाथि अश्रुग्यास पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज पनि गरेको छ ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण विराटनगरको देवकोटा चोक र आसपासको क्षेत्र दिउँसो १ बजेदेखि तनावग्रस्त बनेको छ ।