तसत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो

102

रौतहट ।रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ।तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि बढेको यो अबधारणा शुक्रवार रौतहटको दुर्गा भगवती गाउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। दुर्गा भगवती गाउँ पालिकाको क्याम्पस परिसरमा गाउपलिका अध्यक्ष शम्भु सिहले बृक्षरोपेर सुरुवात गर्नुभएको हो। उहाँ सगै उपाध्यक्ष शिला देबि महालेखा परिक्षक कार्यलयका उपमहालेखा परिक्षक पदमराज पौडेल ,प्रजिअ हिरालाल रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सुरेन्द्र घिमिरे अभियानका संयोजक गोबिन्द चौलागाईं , रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिक्रम हुमागाइ ,प्रमुख जिल्ला वन अधिकृत लगायत शिक्षक शिक्षखरु,संचार कर्मिको उपस्थितिमा बिद्यालय हाताभित्र विभिन्न जातका बिरुवा रोपिएको छ।

सो कार्यक्रममा दुर्गा भगवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक र उहाँ कि धर्मपत्नी अर्चना पाठकले आफनो २६ औं म्यारिज एनिभर्सरीका दिन भएकोले फलफूलको बिरुवा नै रोप्नुभएको थियो।यो अभियानबाट झण्डै ४० वटा बिरुवा रोपिएको थियो।