‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न

138

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा शुक्रबार ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका’ बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना तथा दुर्गा भगवती गाउँपालिकाको सहकार्य एवम जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गोविन्द प्रसाद चौलागाइले रौतहटको सुशासनको अवस्थालाई मद्दत पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चौलागाईंले बताए। कार्यक्रमका प्रमुख अतिथि महालेखा परिक्षक कार्यालयका उपमहालेखा परिक्षक पदम राज पौडेलले स्थानीय तहमा बढदो बेरुजु घटाउन सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताए ।
कार्यक्रममा बिशिष्ट अतिथी रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले क्षणिक स्वार्थका लागि नियम विपरितका काम गर्दा भ्रष्टाचार बढेको बताए । अत्यन्तै बढी विवादित हुने बिषय सार्वजनिक खरिदको बिषयमा सचेत हुनुपर्ने उनले बताए । रौतहटका कतिपय जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूणर्रुपमा निर्वाह नगर्दा जिल्लाको अधिकांश पालिकामा बेथिति बढेको उनले बताए ।
दुर्गाभगवती गाउँपालिकाले आफ्ना कर्मचारीहरुको लागि सुशासन र सेवा प्रवाह सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दा प्रभावकारी भएको बताउँदै प्रजिअ रेग्मीले धन्यवाद व्यक्त गर्दै यस्ता प्रकारका छलफल, प्रशिक्षण मुलक कार्यक्रम अन्य पालिकाले समेत गर्न आवश्यक रहेको बताए ।
पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गराउने प्रमुख दायित्व कर्मचारी र जनप्रतिनिधिहरुको रहेकोले सबै कर्मचारी तथा जनप्रतिनिधिले सुशासन कायम गर्ने, गराउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।
स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले विशेष सहयोग पुग्ने बताउदै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व बहन गर्दै सदैव सुशासन, पारदर्शीका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने अध्यक्ष सिंहले बताए ।
उनले सबैभन्दा नजिक र घरदैलोको सरकार भनेको पालिका सरकार नै भएकाले सुशासन र सेवा प्रवाह बढ्दै गएपछि सर्वसधारणले सन्तुष्टि प्राप्त गर्ने बताए । प्रभावकारी सेवा प्रवाह भए सुशासन कायम हुने बताउँदै उनले जनप्रतिनिधि होस वा कर्मचारीले आफ्नो जिम्मेवारी पूणर्रुपमा निर्वाह गर्नुपर्ने बताए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझा शासन र स्वशासनको बारेमा प्रकाश पार्दै उनले सरकारले राम्रो काम गरे जनताले रुचाउँने र जनता सन्तुष्टि भएको सरकार रहने भएकाले त्यही निर सुशासन कायम हुने अध्यक्ष सिंहल बताए ।
बिशिष्ट अतिथि गौर नपाका मेयर शम्भु साहले कतिपयका ब्यक्तिगत स्वार्थ पूरा नहुदा अख्तियारमा उजुरी दिएर दुख दिने गरेको सन्दर्भ सुनाए।गरुडा नपाका मेयर कन्तमणी जैसवालले सुशासन दिन जनप्रतिनिधि गम्भीर भएको बताए। कार्यक्रममा प्रमुख अतिथि पौडेलले कार्यपत्र प्रस्तुत गर्दै महालेखा परिक्षणको कार्यलाई प्रभावकारी बनाउँन दक्ष जनशक्तिको आवश्यक्ता भएको बताए । आचार संहितको पालना गर्दै लेखा परिक्षणको काम गर्दा कानूनी रुपमा पद्धति र विधि पुर्याएर गर्नुपर्ने उनले बताए । प्रदेश र स्थानीय तहको लेखा परिक्षणका काम गर्दा सबै प्रक्रिया एवं विधिलाई ध्यान दिदै अगाडी बढदा प्रभावकारी काम हुने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सुरेन्द्र घिमिरेले भ्रष्टाचार, अनियमितता लगायतका बिषयमा दिनप्रति दिन उजुरीहरु परेको उनले बताए । कार्यक्रममा घिमिरेले सामाजिक उतरदायित्वका औजारहरुको प्रयोगका रुपमा सार्वजनिक सुनुवाई, जनसहभागिता, निष्पक्षतामा ध्यान दिदै अगाडी बढे भ्रष्टाचारलाई न्युनिकरण गर्न सकिने बताए ।
दुर्गा भगवती गाउँपालिकामा आयोजित यस्तो प्रशिक्षणमुलक कार्यक्रमले सेवा प्रवाहका कार्यक्रम प्रभावकारी भएको बताउँदै प्रमुख आचार्यले मधेसका हरेक जिल्ला र पालिकामा यस्तो कार्यक्रम गर्दै जानुपर्ने र यसले सेवाग्राहीलाई सुशासनको प्रत्याभुती गराउँने विश्वास व्यक्त गरे ।
दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ऐन, कानूनको अभावमा काम गर्न असजिलो भएको बताउँदै कानून निर्माण सम्पन्न भएसंगै संघीय कानूनको सहयोगमा सेवा प्रवाह प्रभावकारी बन्दै गएको बताए । गाउँघरको सरकार पालिका सरकार भएको बताउँदै उनले सेवा प्रवाहमा संघीय र प्रदेश सरकारभन्दा पालिका सरकार महत्वपूणर् भएको बताए । सोही अनुसार पालिका सरकारबाट उपलब्ध गराउँनुपर्ने सेवाहरु आफूहरुले उपलब्ध गराईरहेको बताए ।
आयोजक संस्थाका अध्यक्ष चौलागाईले सुशासन र सेवा प्रवाहको बारेमा दुर्गा भगवती गाउँपालिकामा आयोजित कार्यक्रममा बताउँदै मधेस प्रदेशका सबै जिल्लामा यस्तो कार्यक्रम आयोजना गरिने बताए । पश्चिम मधेसबाट सुरु भएको कार्यक्रम पूर्वमधेसको लगायतका जिल्लामा समस्याहरुको पहिचान गर्दै आएका सुझावहरुलाई समेटेर काठमाडौंमा सरोकारवालाहरुको सहभागितामा समाधानका उपायका बारेमा छलफल कार्यक्रम आयोजना गरिने चौलागाईले बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक रौतहट दिलीप घिमिरे,दुर्गा भगवती गाउपालिकाका उपाध्यक्ष शिला देवी, बिभिन्न कार्यालयका कार्यालय प्रमुख, कर्मचारी, दुर्गा भगवती गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,लेखापाल बिबेक सहनी, सम्पूणर् कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको बिशेष सहभागिता रहेको थियो । कार्यक्रममा दुर्गा भगवती गाउपालिकाका प्रशासकिय अधिकृत पाठक र उनकी श्रीमती अर्चना पाठकको वैवाहिक अवसरमा बृक्ष रोपण गरिएको थियो ।