रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारीको आदेशको पूर्णरुपमा पालना गर्दै ईशनाथ नगरपालिकाले कोरोना महामारीलाई मध्य नजर गर्दै १०५० वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।
नगर प्रमुख सन्तोष कुमार मेहताले भारत लगायत विभिन्न ठाउँबाट उद्दार गरिएका नगरवासीलाई घर फर्काउने उद्देश्यले मेयर मेहता र प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले अहोरात्र खटि नगरभरीका विद्यालय तथा मर्दसालाई क्वारेन्टाईनमा परिणत गरेका छन् ।
नगरका जनता मा.वि. औरैयामा २०० वेड, मा.वि.डुमरियामा १२५ वेड, विपि कोइराला आर्दश मावि जोकाहा घिउरामा २५० वेड, जोकाहाको मर्दसामा ३५० वेड र मा.वि. मठीयामा १२५ वेडको क्वारेन्टाइन फास्ट टे«कमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनु भयो ।
क्वारेन्टाइनमा रहेका जनतालाई नगरपालिकाको आफ्नो श्रोत साधनबाट खानेकुरा लगायतका सुविधाहरु प्रदान गरिरहेको अधिकृत गुप्ताले जानकारी दिनु भयो । साथै कर्मचारीलाई कुनै किसिमको कमीकमजोरी हुन नदिन निर्देशन दिनु भयो ।
विपतको बेलामा शान्तिपूर्ण रुपमा धैर्यतापूर्व सिमाबाट व्यवस्थित तरीकाले प्रवेश गराई सहयोग गरिदिनुहुन नगर प्रमुख सन्तोष कुमार मेहताले सम्बन्धीत सबैलाई आग्रह गरे । बेलाबेलामा आएका विपदीमा नगर प्रमुख सन्तोष कुमार मेहताले नगरवासी प्रति देखाएका अपनत्व, लगाव तथा सक्रियता सराहनीय रहेको नगरवासीहरुको भनाई रहेको छ ।
लकडाउन अझपनि लम्बिने सम्भावना प्रवल नै रहेकोले भारत लगायत अन्य देशमा रोजगारी र अध्ययनका लागी गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन ईच्छुकहरुलाई यकीन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न संघीय सरकार संग ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताद्धारा प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको थियो ।
महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक दुरी कायम गर्दै स्वयंसेवी भूमिका सहित समाजमा सचेतना फैलाउने र आफ्ना नगरभरीका असहाय, गरीब–विपन्न, ज्याला–मजदूरी गर्ने तथा जरुरतमन्दहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय नगर भरीका सबै निकाय तथा कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।
यस दुःखको घडीमा घर मै बसौं, सुरक्षित रहौं, आग्रह समेत प्रमुख मेहताले भन्नु भयो ।