जनताको प्रत्येक कामको सेवा प्रवाह एउटै छत मुनिबाट ; आलम

895

रौतहट श्रावन ०५ । रौतहट जिल्लाको राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजीक आलमले राजपुर नगरपालका वडा न. ६ को जनताहरुको सहुलियत तरिकाले सिफारिस देखि स्वास्थ्यको सम्पुर्ण काम काज एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि आज देखि सन्चालानमा ल्याएका हुन । निर्वाचित भएदेखि अहिलेसम्म बिकासको तिब्रगतिको रुपमा भइरहेको देखिएका स्थानीहरुको भनाई रहेको छ । नव निर्मित भवनमा ६ न. वडा कार्यालय र स्वास्थ्य चौकी समेत सन्चालन हुने कुरा नगर प्रमुख आलाम नगर उपप्रमुख जमिला असगरी र प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरको भनाइ रहेको छ ।