रौतहट ०५ जेष्ठ । रौतहटको बृन्दावन नगरपालिकाका वडा नं.-९ भुसहा टोल स्थित मुस्लिम समुदायहरुको लागि ईदगाह भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
शुक्रबार एक समारोहका बिच नगरप्रमुख बिनोद प्रसाद कुर्मीले चुनावी वाचा अनुसार उक्त ईदगाह भवन निर्माणका लागि शिलान्यास गरेका छन् ।
ईदगाह भवन शिलान्यासको बेला मुस्लिम समुदायका ब्यक्ति र मस्जिदका ‘धर्मगुरु’ले कुरानको पाठ वाचन गर्दै देशमा सुख शान्तिका लागि प्रार्थना समेत गरेका थिए ।
नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत ५५ लाखको लागतमा सो ईदगाह भवन बन्न लागेको नगरप्रमुखको स्वकीय सचीव आशिष राज पटेलले जानकारी दिएका छन् ।
ईदगाह भवनको शिलान्यास गर्दै नगरप्रमुख कुर्मीले ´भने`नगरलाई सुखी सम्पन्न र समृद्ध बनाउन सबै समुदायका जातजातिलाई एक भएर विकास निर्माणकार्यमा खुलेर साथ र सहयोग गर्न आग्रह गरे ।
नगरप्रमुख कुर्मीले सबै सम्प्रदाय जस्तै मुस्लिम समुदायलाई पनि प्राथमिकता राखी विकास निर्माणकार्य गरेपछि मुस्लिम समुदायका ब्यक्तिले नगरप्रमुख कुर्मीको खुलेर प्रशंसा एवं सराहना गर्न थालेका छन् ।
सो कार्यक्रममा :-वडा अध्यक्ष प्रबेज आलम , नेता समसुल हक, नगर शिक्षा संयोजक उपेन्द्र महतो , गरुडा नमुना माविका प्र.अ. प्रभु प्रसाद पटेल, शिक्षक किशोरी पटेल ,
स्वकीय सचीव आशिष राज पटेल लगायत स्थानीय नेता कार्यकर्ता तथा भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।