अभय दुबे।।बारा।।मंसिर १५
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकाको नगर सभापति पदमा धाँधली पूर्ण तरीकाले निर्वाचन गराइएको छ। सो निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका जितपुर सिमरा उपमहानगरपालिकाका नगर सभापति श्याम गुप्तालाई सो निर्वाचनमा सुनियोजित तरीकाले हराइएको छ भन्ने पत्ता लागेको छ।
नगर समितिको निर्णय अनुसार सो निर्वाचन मंसिर ९ गते पथलैया खानेपानीमा गर्ने भनी सहमती भएको थियो। तथा सोही सहमती अनुरूप निर्वाचन गर्ने ठाउँ पनि तोकिएको थियो। तर गलत नियतले सो सहमतीको उल्लंघन गरी निर्वाचन गराइएको थियो।
निर्वाचन समितिका केही व्यक्तिहरुको मिलोमतोमा सो निर्वाचन गलत तरीकाले गराइएको थियो। उनीहरूले ९ गते तोकिएको निर्वाचन होटेलमा बसेर मनोमानी ढंगले योजना बनाएर ११ गते तोकेका थिए। सो ठाँउबाट सारेर जबरजस्ती पहिला जितपुर उद्योग बाणिज्य संघमा त्यसपछि त्यहाँबाट सारेर जंगलको बिचमा रहेको राधाकृष्ण मन्दिरमा राखेका थिए।
जबरजस्ती नगर सभापतिसंग समन्वय नगरीकन एकलौटी तरीकाले बदनियत पूर्वक सो निर्वाचन गराइएको थियो । षडयन्त्र पूर्वक जबरजस्ती लगेर नगर सभापति गुप्तालाई सहभागी गराइएको थियो।
सो षडयन्त्रको बारेमा जानकारी भएपछि पुन: निर्वाचन गराउनको लागि निवेदन दिदा पनि नसुनेको आरोप नगर सभापति स्याम गुप्ताले लगाएका छन। यो निर्वाचनको सत्य तथ्य छानबिन गरी रद्द गरी पुन: निर्वाचन हुनुपर्छ । तथा दोषीलाई कडाभन्दा कडा कार्यवाही हुनुपर्छ” भनी गुप्ताले निवेदन समेत पेस गरेको जानकारी गराएका छन।