राजपुर र चन्द्रपुरमा लैङिक हिंशा न्युनिकरण गर्न विशेष अभियान सन्चालन गरिने।।

664

रौतहट । रौतहट जिल्लाको राजपुर र चन्द्रपुर नगरपालिकामा लैङ्गिक हिंशा न्युनिकरण तथा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन विशेष अभियान सन्चालन हुने भएको छ। इस्लामिक रिलिफको सहकार्यमा ग्रामिण बिकाश केन्द्र RDC Nepal ले विशेष अभियान सुरु गर्न लागेको हो। लैङ्गिक हिंशा न्युनिकरण गर्ने अभियानको क्रममा सो पालिकाहरुमा GARVA परियोजना सुरु हुन लागेको ग्रामिण बिकाश केन्द्रका कोषाध्यक्ष ममता झाले बताएका हुन् । चन्द्रपुरमा रहेको होटेल अरोहीको सभाकक्षमा आयोजित परियोजना अभिमुखिकरण कार्यक्रमको क्रममा बोल्दै कोषाध्यक्ष झाले आर्थिक सवलिकरण गर्दै लैङ्गिक हिंशा घटाउने परिकल्पना सहित बहु बर्षिय परियोजना सुरु गर्न लागेको बताइन।
कार्यक्रममा RDC नेपालका कार्यक्रम संयोजक धर्मेन्द्र कुमार साहले परियोजनाका लक्षित बर्ग,कार्य क्षेत्र,क्रियाकलापहरु,अपेक्षित उप्लब्धी तथा कार्य गर्ने बिधिहरु बारे प्रकाश पारेका थिए। कार्यक्रमको प्रमुख अतिथी नगर उप प्रमुख जयमाला चौधरीले यस्तो परियोजनाले पालिकाका जन समुदाय लभान्वित हुने भन्दै हरेक गतिबिधिमा चन्द्रपुर नगरपालिका सहकार्य र समन्वय गर्ने बताईन।सोही कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख झरेन्द्र प्रसाद चपागाईले परियोजनाले सबै क्षेत्र समेटेको र दिर्घकालिन रुपमा विशेष प्रभाव राख्ने खालको रहेको बताउनु भयो।उनले चन्द्रपुरमा हजारौ बिपन्न परिवार रहेकोले GARVA परियोजनाले मात्रै सबैलाई पूरा हुन नसक्ने बताए।कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्ष एक नारयण कोईराला,छोरिका कोपिला तिम्ल्सिना,वार्ड अध्यक्ष लगायतका सहभागिता रहेका थिए।
यसै बिच राजपुर नगरपालिकामा पनि परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। कर्यक्रममा बोल्दै नगर प्रमुख डाक्टर रजिक आलमले GARVA परियोजनालाई आफुले विशेष मह्त्वका सात्ज हेरेको भन्दै परियोजनाका हरेक गतिबिधिमा हाथेमालो गर्दै अगाडि बढ्ने बताए।उनले भौतिक बिकाश सङ्गै समाजिक बिकाश आवस्यक रहेको बताउदै बाल बिबाह ,दाइजो लगाएतको बिषयमा कठोर बन्नु पर्ने आवस्यक रहेको बताए।कार्यक्रममा नगर उपप्रमुख ,प्रशासकिय अधिकृत बैजु ठाकुर विभिन्न बिषयगत शाखाका प्रतिनिधि ,सन्चारकर्मी लगायतका सहभागिता रहेको थियो।
उक्त परियोजना दुबै पालिकामा करिब साढे ३ बर्ष सन्चालन गरिनेछ।