माधव नारायण नगरपालिकाको चौथो नगर सभा सम्पन्न

1614

रौतहट १० असार । रौतहट माधव नारायण नगरपालिकाको चौथो नगर सभा सम्पन्न गरेको छ । स्थानीय तह सञ्चालन समन्विध केही नगर सभाबाट पारित भएको छ।

नगर प्रमुख बिरेन्द्र प्रसाद यादबको सभापतित्व आयोजित कार्यक्रममा फुल बहुमतले नगर सभा पारित भएको छ।

माधव नारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादबको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार र वडा वडाध्यक्ष तथा उप नगर प्रमुख कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत प्रलाव कायस्थ नगरपालिकाका कर्मचारी, नगरवासी लगायतले नगरसभाको सफल्ताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । माधवनारायण नगरपालिकाको चौथो नगरसभा आज शान्तिपूर्वक एवं मर्यादित ढंगले सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख विरेन्द्र प्रसाद यादवले चालू आर्थिक वर्षको लागि ६१ करोड, ६० लाख, ८३ हजार, ६६० रुपैयाँ बजेट प्रस्तुत गर्नु भएको छ ।