आई बि ए बिधालय का शिक्षक, विद्यार्थी र किसानले मनाए राष्ट्रिय धान दिवस

76

रौतहट, १५ असार । कृषिप्रधान देश नेपालमा आज १५ असार, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यही अवसरमा रौतहट जिल्लाको गौर नगरपालिका५ स्थित आई बि ए विद्यालयले पुरेनवा-८ नजिकको खेतमा धान रोपेर धान दिवस मनाएको छ ।
कार्यक्रमको आयोजना विद्यालयले गरेको हो भने धान रोपाइँ स्थानीय कृषक नारायण साहको खेतमा भएको हो । प्रधानाध्यापक सन्तोष पौडेल का अनुसार विद्यालयले कृषि शिक्षासँगै व्यावहारिक ज्ञानको अभ्यासलाई जोड दिँदै यस्तो कार्यक्रमको आयोजना गरेको हो भनदै आफु हरू हरेक साल यस दिवसलाई बिसेष महत्व दिने गरेको बताए।

धान दिवसको कार्यक्रममा, शिक्षक, स्थानीय किसान, कर्मचारी तथा कक्षा ६,७,८,९,र १० मा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागी सबैले हातैले धान रोप्दै परम्परागत संस्कृति र कृषि पेशालाई नजिक बाँट बुझने काम गरे।
सोकार्यक्रममा बिधायारथी सारा सीदिकीले बोल्दै कृषकहरू राष्ट्रका मेरुदण्ड भएको उल्लेख गर्दै भनिन , “कृषि पेशा अपार सम्भावना बोकेको क्षेत्र हो, यसको प्रवर्द्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गरनू परछ र आगामी दिनमा पनि किसानहरूलाई बीउ, मल, सिँचाइ, तालिमजस्ता सेवा–सुविधा
दिन सके उत्पादन बडने र अन्नमा देस आत्मनिर्भर बन्ने कूरा व्यक्त गरिन ।
कार्यक्रममा विद्यालयका सहभागी सबैले दहि , चिउरा र आप खाई असारे गितमा नाचि रमाईलो गरेका थिए ।