रौतहट : नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा प्रदेश नम्बर २ को अपाङ्ग आरक्षण कोटाबाट प्रदेश सदस्य पदमा रौतहटका नितिश कुमार गुप्ताले उम्मेदवारी घोषणा गरेका छन् ।
अपाङ्ग भए पनि झमतामान कर्मठ साहसी नेपाली राजनीतिमा युवा पुस्ताको सहभागिता र समृद्धि सहित आमूल परिवर्तनका निम्ति सधै निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै गुप्ताले उम्मेदवारी घोषणा गरेका हुन् । नेपाली काँग्रेसको सक्रिय राजनीति मात्र नभएर गुप्ता सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।
वि.सं. २०६२ साल रौतहट अपाङ्ग संघ जिल्ला अध्यक्ष भएका उनले
स्माजिक न्याय र अपाङ्ग अधिकारको आन्दोलन गरि रहेकोे बेला गुप्ता २०६३ साल प्रहरी हिरासतमा समेत परेका थियो ।
२०६९ सालमा राष्ट्रिय अपाङ्ग कोष सदस्य भएर कार्यक्षमता देखाइरहेका छन् । २०७० सालमा सो कोषको कार्यवाहक सभापतिको रूपमा काम गरेका उनले २०७१ मा सभापति भएका थिए । निरन्तर उनी नेपाली काँग्रेसका भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चौथौं अधिवेशन बाट जिल्ला सभापतिमा निर्वाचित भएर अपाङ्गताको हकहितका लागि सक्रिय रहँदै आएका छन् ।
संघर्ष गरेका काल्पनिक कथा आफ्नो जीवन संग अधारित वृत चित्र बनाउई देश विदेश प्रदर्शन गर्न सफल भएको व्यक्ति हुन।
आफु नेपाली काँग्रेसको नेतृत्वका हरेक आन्दोलन एवम सबै कार्यक्रम सकृय भुमिका खेल्दै आएको र नेपाली काँग्रेसलाई सबैभन्दा ठुलो दल बनाउन आफू निरन्तर लागिरहने उनको भनाइ छ । प्रदेश अधिवेशनबाट सबैको साथ सहयोगबाट आफु विजय हुने विश्वास व्यक्त गरेका छन ।
क्षेत्र १ को सामावेशी सिद्धान्त अनुसार अपाङ्ग आरक्षण बाट केन्द्रीय माहाधिवेशन भएर आउने निश्चित छ ।