बाढीमा फसेर रूखमा बसेका एकै परिवारका पाँच जनाको उद्दार

517
file photo

कञ्चनपुरमा बाढीमा फसेर रूखमा बसेका पाँच जनाको सेनाले उद्दार गरेको छ। लगातारको वर्षासँगै आएको बाढीले भीमदत्त नगरपालिकाको खल्लामसेटीमा बस्ने एकै परिवारका पाँच जना महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा सोमबार रातिदेखि फसेका थिए। 

उनीहरू रूखमा बसेर १५ घण्टासम्म उद्दारको पर्खाइमा रहेकोमा मंगलबार साँझ ५ बजे उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, ४ वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्कालाई सकुशल उद्दार गरिएको बताए। प्रतिकूल मौसमका कारणले उद्दारमा केही ढिलाइ भएको थियो।


सेतोपाटी