रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले नगद सहित खाद्यान्न सहयोग गरेका छन् ।
दूर्गा भगवाती गाउँपालिका वार्ड नं.५ का लालबाबू सहनीलाई दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले नगद सहित खाद्यान्न सामग्री उपलब्ध गराइएको हो ।
दूर्गा भगवाती गाउँपालिका वार्ड नं.५ का लालबाबू सहनी काम गर्ने क्रममा ११ हजार मेगावाट विधुतीय तार बाट करेन्ट लागेर घाइते हुँदा घाटी र खुट्टाको अप्रेसन भएको हो । सहनीको अप्रेसन सकुसल भए पनि उनको अवस्था दैनिए रहेको छ । उनको अवस्था बुझन पुगेका दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले नगर रु ५१ हजार सहित चामल १०० किलो , आलू २५ किलो, दाल ५ किलो, ५ लिटर तेल, नून ५ किलो, साबुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
पीडित सहनी अब श्रममुखी तथा काम गर्ने अवस्थामा नरहेकोले उनलाई जीवको पार्जनका गर्नका लागि उनको श्रीमतीलाई यस गाउँपालिकामा जागीर समेत दिने गाउँपालिका अध्यक्ष साहले घोषणा गरेका छन् ।
सो नगर तथा खाद्यान्नमा राजदेवि नगर प्रमुख धिरेन्द्र कुमार सिंह, दूर्गा भगवाती गाउँपालिका वार्ड नं.५ का वडा अध्यक्ष धर्मनाथ चौधरी, वडा सभापति रघुनाथ सिंह लगायतका सरोकारवालाहरुको उपस्तिथि रहेको थियोे ।