श्रावण ३२,रौतहट
रौतहटमा २ हप्ता निषेधाज्ञा थप गरिएको छ । आईतबार राति १२ बजेबाट लागि हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयावधि भदौ १५ गतेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विज्ञप्ति जारी गर्दै कोरोना जोखिम कायम नै रहेको र उक्त जोखिमलाई न्यूनीकरण गर्न मन्त्रिपरिषद् बैठकको निर्णय तथा सीसीएमसी को प्रेस विज्ञप्तिमा उल्लेख भए बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधन सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को असार ७ गरेको निर्णय कार्यान्वयन गरी डीसीसीएमसी रौतहटबाट असार ३० गते भएको निर्णयलाई कार्यान्वयन गर्दै प्रभावकारी बनाउन आवश्यक देखिएकोले निषेधाज्ञा जारी गरिएको बताएका छन् ।जिल्लामा संक्रमितको संख्यामा केही कमी आएतापनि दोश्रो लहरको संक्रमणको कारण हालसम्म रौतहट जिल्ला भत्र ५४ जना तथा जिल्ला बाहिर ६४ जना गरी ११८ जनाको ज्यान गइसकेको हुँदा स्वास्थ्य मापदण्डको कडाइ का साथ पालना गर्दै सर्वसाधारण जनताको स्वास्थ्य हितलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय जिल्लामा बढ्दो भिडभाड र चहलपहल कारण संक्रमणको त्रास उच्च रहेको स्थानीयहरु बताएका छ । जिल्ला प्रशासन कार्यलय रौतहटले जारी गरेको बिज्ञप्तीमा हाटबजार,भेला,समारोह,जुलुस लगायतका क्रियाकलाप निरन्तर हुँदै आइरहेकोमा अब सो कार्य तत्काल बन्द गर्न गराउन प्रशासनले निर्देशन गरेको छ ।निधो भईसकेको बिवाकह र धार्मिक साँस्कृति कृत्य स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा अवलम्वन गर्ने शर्तमा न।पा÷गा।पा को कार्यालयको अनिवार्य लिखित स्वीकृतिमा मात्र १० जनामा नबढने गरी घरमै बिधि पुरयाई गर्ने ,डिजे बाजा नबजाउने र ध्वनी प्रदुषण नगर्ने यदि अटेरि गरेमा संक्रमण रोग ऐन ,२०२० एमंम कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०२८ बमोजिम कारवाहि हुने बिज्ञप्ती मार्फत भनिएको छ ।