गौरमा मेयर कप शुरु, पहिलो खेलमा वडा नम्बर १ विजयी ।

380

रौतहट १३ माघ ।रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर नगरपालिका अन्र्तगतको मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आज देखि शुरु भएको छ । माघ २२ गते सम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले जानकारी दिए । प्रतियोगितामा नगरका सम्पूर्ण ९ वटा वडाको टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा पालिका स्तरमा क्रिकेटको टिम तयार गरी प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गराउने लक्ष्यका साथ मेयर कपको आयोजना गरिएको रौतहट जिल्ला क्रिकेट संघका अध्यक्ष पवन साहले जानकारी दिएका छन । प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी गौर नगरपालिकाका नगर शम्भु साहले मेयर कपलाई निरन्तरता दिइदै गौर राईस मिल मैदानलाई अधिग्रहण गर्न प्रक्रिया अगाडि बढाईएको जानकारी दिएका छन् । यस जिल्लाका खेलाडिहरुको स्तर वृद्धिका लागी गौर नगरपालिका हर संभव तयार रहेको नगर प्रमुख साहले बताए ।

पहिलो खेलमा वडा नम्बर १ विजयी

रौतहटको गौरमा आयोजित मेयर कप २०८० को पहिलो दिनको टि ट्वान्टी क्रिकेट खेलमा रोमाञ्चक प्रतिष्पर्धाका वडा नम्बर एकको टिमले ६६ रनले जितेको छ । प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ७ विकेट गुमाउदै वडा नम्बर १ ले १७२ रन जोडेको थियो । वडा नम्बर १ का खेलाडी रबि साहले सर्वाधिक ८४ रन जोडेका थिए भने बलिङतर्फ वडा नम्बर ५ का अनिल पटेल र कुन्दन यादवले समान दुई दुई विकेट लिएका थिए । खेलको दोस्रो इनिङमा वडा नम्बर ५ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो । वडा नम्बर ५ का शुभम गुप्ताले सर्वाधिक २७ रन बनाएका थिए भने वडा नम्बर १ का रबि साह र रेहान जाकिरले समान दुई दुई विकेट लिएका थिए । प्रतियोगितामा वडा नम्बर १ का रबि साह मैन अफ द मैच बनेका छन् ।