जाडो मौसममा बढ्छ युरिक एसिडको समस्या, नखानुस् यी खानेकुरा

1202

एजेन्सी

चिसो मौसममा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । जाडोमा रुघाखोकी, ज्वरो, हात गोडा दुख्ने, सुन्निने आदि समस्याहरूले धेरैलाई सताउने गर्छ । चिसो मौसममा युरिक एसिडको समस्या पनि उत्तिकै बढ्ने गर्छ । चिसोमा जोर्नी सुन्निने र दुख्ने समस्या धेरै नै बढ्ने भएकाले यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन आवश्यक छ । जसका लागि केही खानेकुराको सेवन नगर्नु नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ । 

दही
चिसोमा दहीको सेवनले युरिक एसिडको समस्या बढ्छ । यसमा हुने ट्रान्सफ्याट हुने भएकाले शरीरलाई नोक्सान पुग्छ

दाल
युरिक एसिडको समस्याबाट पीडित व्यक्तिहरुले बोक्रा भएका दालहरुको सेवन गर्नुहुँदैन । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ ।

चिसो पेयपदार्थ 
युरिक एसिडको समस्या हुनेहरुले चिसो पेयपदार्थ खाने गर्नुहुँदैन । यसले हड्डीहरुमा समस्या बढाउँछ ।

मटर
मटर प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । मटरलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, धेरै मात्रामा यसको सेवनले शरीरमा युरिक एसिडको समस्या बढ्छ