वृन्दावन नगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालयको भवन शिलान्यास

120

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालय भवनको सोमबार शिलान्यास भएको छ ।
निर्माण हुन लागेको ३ कोठे सुविधा सम्पन्न भवनको नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद पटेल कुर्मी र नेकपा एमालेका नगर प्रमुख प्रत्याशी प्रेम शंकर यादवले शिलान्यास गरेका हुन् ।
वृन्दावन नगरपालिका वडा नम्बर ३ निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गर्दै पटेलले नगरपालिकालाई रौतहटकै नमूना बनाउनका लागि शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको र निर्माण कार्यमा अथक प्रयासहरु भइरहेको बताए ।
वृन्दावन नगरपालिकामा बिकाश निर्माणका ठूला योजनाहरु सञ्चालन गरिसकेको र फेरी अत्यावश्यक भएकाले नगरपालिकाले पूर्वाधारहरुमा जोड दिएको उनले बताए ।
एकपटक हाम्रो नगरपालिका बिकासका पूर्वाधारहरुले भरिपूर्ण भइसकेपछि यहाँ कुनै पनि किसिमको योजनालाई कार्यान्वयन गर्न अत्यन्त सहज र सजिलो हुने र नमूना नगरपालिका बनाउने सपना पूरा गर्न सजिलो हुने उनको भनाइ थियो ।
लगभग ३० लाख लागतमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवनका कारणले निकट भविष्यमा दिगो समयसम्म सेवाग्राहीहरु लाभान्वित हुने वडा नम्बर ३ का वडाध्यक्ष हरि नारायाण साहले बताए । नगरपालिकामा अन्य विभिन्न ठाउँमा अनेक किसिमका बिकास निर्माणका योजनाहरु सञ्चालित अवस्थामा रहेको र निकट भविष्यमा समयले भ्याएसम्म विभिन्न योजनाहरु सञ्चालन गरिने नगरपालिका नगर प्रमुख पटेलले बताए ।
वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम बहादुर भुजेलको अनुसार शिल्यान्स गरेका वडा न. ३ मा निर्माण हुन लागेको ३ कोठे सुविधा सम्पन्न भवन छिटो उद्धघाटन हुने बताएका छन।