इशनाथ नगरपालिकामा नि:शुल्क आखा शिविर सम्पन्न

1765

रौतहट ३ फाल्गुन । रौतहटको ईशनाथ नगरपालिकामा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ईशनाथ नगरपालिकाको आयोजना तथा सुर्दशन आँखा अस्प्ताल, गौरको प्राविधिक सहयोगमा ईशनाथ नगरपालिका अन्तर्गत २ वडा मा पर्ने प्राथमिक विद्यालयमा निःशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

सो कार्यक्रमको ईशनाथ नगरपालिकाका नगर प्रमुख (मेयर) सन्तोष कुमार मेहताले आँखा शिविर उद्घाटन गरेको थिए । सो शिविरमा पूर्ण रुपमा निःशुल्क रहेको जानकारी दिँदै नगरपालिकाको पूर्ण सहयोग रहेका बताए । आफ्नो नगरको बिकास कसरी गर्ने र जनताको समस्या देखर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्ने कुरा बताउनु भयो । उक्त शिविरमा ईशनाथ नगरपालिका लगायत अन्यत्रका करिब ५०० भन्दा बढीले व्यक्तिहरुले निःशुल्क आँखा जाँच गराएका थिए ।

सो शिविर सफलता पूर्वक संचालनका निम्ति सुर्दशन आँखा अस्पताल गौरबाट आएका सम्पूर्ण टिमहरुमा धन्यवाद समेत गरेका छन । शिविरमा ईशनाथ नगरपालिकाका नगर प्रमुख मेहता , इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता लगायत २ नं.वडाका वडाध्यक्ष रामलक्षण साह,युवा तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।