रौतहट।।रौतहट जिल्लाको गढीमाई नगरपालिका धरमपुरमा श्री श्री १०८ श्री विष्णु महायज्ञ सुरु भएको छ । बागमती किनारमा रहेको गढीमाई नगरपालिका वर्डा नम्बर ६ सिघारमन धरमपुर स्थित श्री १०८ विष्णु महायज्ञ आज देखि सुरु भएको छ । महायज्ञको मेला महोत्सव समारोह नेपाली काङ्ग्रेस केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा महायज्ञको उद्घाटन रिबन काटेर गरेका हुन् ।पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई १०८ किलो मालाले स्वागत गरिएको थियो।महायज्ञको मेला महोत्सव समारोह कार्यक्रमको प्रमुख अतिथिका आसनबाट सम्बोधन गर्दै भने हाम्रा नेता मोहम्मद आफतावलाई नेकपा सरकारले बढी समय सम्म राख्ने कुनै ठाउँ नभएको उनले बताए । नेपाली काङ्ग्रेसले नेता आफतावलाई छुट्टाउन लागेको उनले जिकिर गरेका थिए। सो महायज्ञको कलश यात्रा यज्ञ स्थल देखि माधोपुर बजार हुँदै बागमती नदीमा जल बोझेका छन् । कलश यात्रामा कन्याकुमारी ,महिला श्रद्धालुहरुको हजारौं संख्यामा उपस्थिति रहेको थियो। भने श्री १०८ विष्णु महायज्ञको पूजा ११ दिन सम्म हुने साथै मेला समेत लाग्ने गरेको यज्ञ समिति एवं गढीमाई नपा वर्डा ६ का अध्यक्ष रामसिन्हासन यादवले जानकारी दिइएको हो। विशिष्ट अतिथी नेपाली काङ्ग्रेस मकवानपुरको जिल्ला सभापति एवं बागमती प्रदेशका संसदीय दलका उपनेता,पूर्व गृहराज्यमन्त्री ईन्द्रदेव प्रसाद बानियाँ,अतिथि रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादव ,प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना ,संविधान सभा सदस्य सुनिल कुमार यादव तथा स्थानीय जनप्रतिनिधि लगायत नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता यज्ञ समिति एवं गढीमाई नपा वर्डा ६ का अध्यक्ष रामसिन्हासन यादवले गरेका थिए।