बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। अझै लाखौ ज्यान करोनाको प्रकोप संग लडिरहेका छन्। हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। देशमा संक्रमित अहिले सम्म १०९ जनामा संक्रमन देखिएको छ भने ३१ निको भई घर फर्किएका छन्। भाइरसलाई थप फैलन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाउने कार्य गरेकोछ। यसै संगै मुलुकको आर्थिक अवस्था पनि खस्दै गएको छ। मजदुर बिपन्नको जीवन शैली पिडादायी र कष्टकर बन्दै गएको स्थित छ। त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू अवस्था झन् कष्टकर बनेको छ ।यसै संगै स्थानीय सरकार देखि एनजीओहरूले राहत र सहयोग गर्न लागि परेका छन्।
काठमाण्डौंमा रहेको छाँया नेपाल नामक गैरसरकारी संस्थाले त्यस गाउँपालिकाभित्रका सबै अपांगता भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा ५२ परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो । राहतमा एक परिवार बराबर ३० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको छा या नेपाल का कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए । सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह, चन्द्रनगर गाउँपालिकाका वडा अध्यक्ष, सामाजिक अभियन्ता शिवनाथ राउत तथा स्थानीय भद्रभलादमीको रोहबरमा राहत लिन आउन सक्नेहरुलाई बबरगञ्जमा जम्मा पारेर र त्यहाँ आउन नसक्नेलाई घर–घरमै पुगेर वितरण गरिएको हो । छाया नेपालले यस अघि पोखरा, काठमाडौंको गोंगबु , बुढानिलकण्ठ, चन्द्रागिरी, तारेभीर लगायतका विभिन्न स्थानमा राहत बितरण गरेको थियो ।