धर्मेन्द्र कुमार साह
रौौतहट १९ फाल्गुन ।।पुर्व पश्चिम हुलाकी राजमार्गमा रौतहट – सर्लाही जोड्ने दुर्गा भगवती गाउपालिकाको बडहरवामा बागमती नदीमा पुल निर्माण हुन् सुरु गरेको ११ बर्ष भयो l तर सो घाटमा पुलको ठाउमा बासको लचका बनाइएको छ l बागमती नदि र झाझ नदि सोहि ठाउमा मिल्ने भएकोले लचका काटेपछि बागमती नदीमा डुङ्गाको भरमा यात्रा गर्नु पर्ने बाध्यता हो l नरेन्द्र बैठा दुर्गा भगवती गाउपालिका वार्ड नम्बर ३ बडहरवा बस्नु हुन्छl बमति पारि उनको घर भएकोले दैनिक जसो वहाले बागमती नदि पार गर्नु पर्ने बाध्यता रहेको बताउनु हुन्छ l उनले नदीमा निर्माणाधीन पुल समयमा निर्माण हुन् नसक्दा दनिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताउनु हुन्छ l ” निकै तामझामका साथ् शिलान्यास गरिएको पुल समेत समयमा निर्माण हुन् नसक्दा करिब ३ किलोमिटरको बाटि पनि जोखिम पुर्ण बनेको छ “वहाले बताउनु भएको छ l पुर्व पश्चिम तराइ मधेश जोड्ने हुलाकी राजमार्गमा निर्माणाधीन सो पुल निर्माण हुन् नसक्दा बासको लचका र डुङ्गाले यात्रा गर्न बाध्य बनेको छ l बागमती नदीको सो पुल निर्माण कार्य पूरा नहुँदा सर्लाही र रौतहटको दक्षिणी भेगका नागरिकले सास्ती पाएका छन् ।स्थानीय वासिन्दा त्यस भेगमा सञ्चालित तीन/चार वटा डुङ्गामा काेचामकोच गरी नदी तर्दै आएका छन् । २०६६ सालमै बागमती नदीको बडहर्वामा पुलको शिलान्यास गरिएको थियो । तत्कालिन सरकारका प्रधानमन्त्री माधव कुमार नेपाल र उप प्रधानमन्त्री विजय गच्छेदारले हुलाकी राजमार्गमा भन्दै सो पुलको शिलान्यास गरेका थिए । करिब ६७ करोडमा लुम्बिनी बिल्डर्स र पप्पु कन्स्ट्रक्सनले सयुंक्त जेभीमा सो पुलको ठेक्का सकार गरेको थियो । आर्थिक बर्ष २०७० पछि सो पुलको काम रुके संगै स्थानिय बर्षेनी डुङ्गा र डाइभर्सनको जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । पुल निर्माण कार्य अबरुद्ध भएको अवधिमा दर्जनौ अनुगमन टोलि र उच्च स्तरिय राजनीतिक भ्रमनाहरु भए पनि काम अगाडि बढ्न नसकेकोमा दुर्गा भगवती गाउपालिका वार्ड नम्बर ५ का वार्ड अध्यक्ष धर्मनाथ चौधरीले दुख व्यक्त गर्नु भएको छ । यता बकियामा रहेको निर्माणाधीन पुल समेत म्याद नाघिसके पनि बन्न सकेको छैन ।
बागमती पुल संगै रौतहटमा करिब ६ अर्ब भन्दा धेरैको ठुला आयोजनाहरु रुग्न अवस्थामा पुगेको छ l बागमती पुल, जुद्ध माबि गौरको निर्माधीन छात्रावास, लाल बकैया नदीको पुल , हुलाकी राजमार्गको अधुरा कामहरु तथा सहरी बिकाशका सघन सहरी कार्यक्रम लगायतका ठुला आयोजनाहरुलामो समय देखि अलपत्र हुदा नागरिक तहमा निराशा बढेको हो l सघन सहरी कार्यकरमका योजनाहरु पछिल्लो समयमा संचालनमा आएको देखिए पनि बागमती नदीको पुल तथा छात्रावास निर्माणको काम रुग्न अवस्थामा पुगेको हो l सदरमुकाम गौरमै रहेको एक निर्माणाधीन पुल समयमै बन्न सकेको छैन l गौर चन्द्रनिगाहपुर जोड्ने सडक खण्डको गौर बस पार्क नजदिकै रहेको बरहवा खोलाको पुलको निर्माण हुन नसक्दा साना देखि ठुला सवारी साधनहरुले डाइभर्सनको जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरबाट २०७४ को माघमा सम्झौता गरि राजदेवी भक्त कन्स्ट्रक्सनले काम अगाडि बढाएको थियो । सुरु देखिने बिबादित रहेका सो पुल निर्माणकै क्रममा गत २०७६ को बैशाखमा क्षतिग्रस्त बन्न पुगेको थियो िप्री स्ट्रेस प्रबिधिबाट बनाउन थालिएको सो पुलको निर्माणकै चरणमा स्ट्रेस गर्दा गर्दै पुलको बिच भाग क्षतिग्रस्त हुन पुगेको थियो । सो पुलको लागि करिब ४ करोड ९८ लाखमा ठेक्का सकार भएको थियो । पुल क्षतिग्रस्त बन्न पुगेपछि निर्माण कार्य रोका भए देखि हाल सम्म काम अगाडि बढाउन सकिएको छैन ।उक्त योजना २०७६ सालाको अशोज सम्म सकिसक्नु पर्ने थियो ।
गौर इश्नाथ नगरपालिका जोड्ने बकिया पुल शिलान्यास भएको ७ बर्ष भयो l तर पुलको निर्माण सम्पन्न हुन् सकेको छैन l तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले २०७० साल चैत्र २७ गते सो पुलको शिलान्यास गर्नु भएको थियो l करिब १७ करोडको लागतमा बन्ने सो पुलको ठेक्का पप्पु कन्स्ट्रक्सन्ले सकार गरेको थियो l
भारतीय दुतावासको सहयोगमा गौरको जुद्ध माबिमा निर्माधीन छात्रावास निर्माणको काम पछिल्लो १५ बर्ष देखि ठप्प रहेको अवस्था रहेको छ l ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम छोडेर भागेपछि छात्रावासको निर्माणको काम अलपत्रमा परेको हो l भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुदै गरेको भवनको काठमाण्डौको गोर्खा, स्काई र क्यानिजियो कन्ट्रक्सन जेभिले संयुक्त रुपमा १ करोड ९८ लाख ९९ हजारमा टेण्डर सकार गरी ०६२ साल पुष १४ गते सम्झौता गरेको थियो । सोहि बर्षमा काम सुरु गरी ०६४ असार १३ गते भित्र सम्पन्न गरी हस्तानतरण गर्नु पर्ने थियो । तर भवनको निर्माण कार्य १५ बर्ष बिति सक्दा पनि ठेकेदारको लापरबाहिले सम्पन्न हुन नसकेको हो ।५१ कोठाको ३ तल्ले भवन निर्माण गर्नु पर्नेमा १ तला समेत निर्माण सम्पन्न हुन् नसकेको हो l
सो संगै जिल्ला भरिमा निर्माणाधीन कयौ साना पुलहरु समेत निर्माण हुन् सकेको छैन l
वागमती, लाल बकैया सहित जिल्लाको विभिन्न स साना खोलाहरुमा बर्षौ देखि निर्माणाधिन पुल, सडक, भवन, सिंचाई, सहितका रुग्न तथा निर्माधिन आयोजनाहरुको सम्बन्धमा एकीकृत जानकारी लिन पनि समस्या भएको देखिन्छ l यता जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले रुग्न आयोजनालाई अगाडि बढाउन प्रसासन कार्यालय प्रयास अगाडि बढाएको बताउनु भएको छ l