नगर प्रमुख जयसवालद्वारा प्रशासकीय भवन शिलान्यास

57

रौतहट ।। रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकामा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले प्रशासनिक भवन कार्यालय शिलान्यास गरेका छन् । पालिकाको आफ्नै प्रशासनिक कार्यालय भवन नरहेकोले भवन भाडा राखि संचालन गदै आएकोले प्रशासकीय भवनको शुक्रवार नगर प्रमुख जयसवालले शिलान्यास गरेका छन् ।

पालिकाले १४ कोठा रहने र भवन ३ तल्ले बन्ने योजना रहेकोमा तत्काल १ तल्ले भवनको स्टीमेट गरी कार्य अगाडी बढाएको बताए । भवन निर्माण भएपछि एउटै भवनबाट सबै किसिमका सेवाहरु प्रदान गरिने भएकाले सेवाग्राहीलाई सहज हुनेछ । नगर प्रमुख जयसवालले कार्यायललाई व्यवस्थीत बनाउन प्रशासकिय भवन निर्माण गरिने लागेको बताए । प्रशासकिय भवनको लागी बोलपत्र आह्वान गरेकोमा सवैभन्दा कम मुल्यमा श्रेष्ठ बटुक भैरव जेवी पर्साले ३ करोड ३३ लाखमा सकारेका छन । भवन ठेक्का मार्फत निर्माणका लागि आज विधिपूर्वक नगर प्रमुख जयसवनलद्वारा शिलान्यास गरिएको छ ।

भाडाको भवन बाट सेवा दिई रहेको तर सेवा प्रवाहमा कठिनाई भोगनु परिरहेको थियो । साथै विभिन्न शाखाहरु संचालन गर्दा आर्थिक भार समेत पालिका लाई खेपनु परिरहेको थियो । सेवा ग्राहीलाई समेत सेवा प्रदान गर्न कठिनाई भईरहेको प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले बताएका छन् ।

पालिका संग गरेको सम्झौता गरि ठेक्का लिएका श्रेष्ठ बटुक भैरव जेवी पर्साका संचालकका अनुसार सम्झौता अनुसार एक वर्ष भित्रमा भवनको निर्माण काम सम्पन्न हुने बताएका छन् । आज शिलान्यास भए एक दुइ दिनमै निर्माण काम सुरु हुने बताएका छन् ।

उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख कन्थमणि प्रसाद जयसवाल, उप प्रमुख पूनम कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत मस्ताक आलम, इन्जिनियर , योजना प्रमुख ,सूचन अधिकारी प्रमानन्द साह, वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, समाजसेवी, बुद्ध्जिवी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सर्वसधारण व्यक्तिहरु उपस्थिति रहेको थियो ।