गौर ४ मा बाटो चौडिकरण तथा नाला निर्माण ।

230

नगर मा जनताको समस्यालाइ निकास दिलाउने अभिप्रायले निरन्तर प्राविधिकहरु सहित जनताको घर दैलोमा पुग्दै आएका गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज गौर नगरपालिका वडा नम्बर ४ मा विगतका जनप्रतिनिधिले निर्माण गरेको साङुरो बाटोलाई फराकिलो गराउदै नाला निर्माणको काम अगाडि बढाइएको छ।
स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेलापनी हिलो पानी जम्ने गरेकोले स्थानियलाइ आवत जावतमा समेत कठिनाइ रहेको व्यापक जनगुणासो पश्चात् नगरप्रमुख साहले सो स्थानको समस्या समाधानको लागि बाटो चौडिकरण र नाला निर्माण संगै गराउने गरि प्रक्रिया अगाडि बढाउनु भएको छ।