शैक्षिक संस्थाका शिक्षकहरुको तलब बढाउन नगरप्रमुख मेहताको निर्देशन

1019

गौर । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहताले एक कार्यक्रममा नगर अन्तर्गतका गैर सरकारी शैक्षिक संस्थाका कर्मचारी, शिक्षकलाई तलब बढाउन संचालनक समितिहरुलाई निर्देशन दिनु भएको छ ।
ईशनाथ नगरपालिका औरैयामा ईशनाथ एजुकेशनल फ्रोन्टको दोस्रो वार्षिक उत्सब कार्यक्रममा बोल्दै नगर प्रमुख मेहताले यस बिधालय अहिले एक नमुना बिधालयको रुपमा चिनिन सफल भएको र भोलिका दिनमा यस बिधालयलाई नमुना बिधालय तथा बिधालयको भौतिक स्तर बृद्धिका साथै शिक्षाको क्षेत्रमा प्राबिधिक तथा गुणस्तरीय शिक्षा प्रदानका प्रमुखले शिक्षा मन्त्रालय सम्म पहलको रुपमा अगाडि बढने प्रतिबद्धता समेत जाहेर गनुभयो ।
साथै उहाले ईशनाथ नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण बिधालयको गुणस्तर बृद्धिका लागी तथा प्रबिधिक शिक्षा प्रर्दान गर्नका लागी स्थानिय तहको हैसियतले ईशनाथ नगरपालिका कुनै कसर बाँकी नराख्ने बताउनु भयो । गुणस्तरीय तथा प्राबिधक शिक्षा हासिल गरेमा मात्र कुनैपनि क्षेत्रको बिकास सम्भब हुने भएकाले शिक्षा आजको आबश्यकता रहेको बताउदै उहाले शिक्षाको क्षेत्रमा ईशनाथलाई उत्कृष्ट नगरपालिकाका रुपमा बिकास गर्ने बताउनुभयो ।
साथै उहाले बार्षिक उत्सब तकार्यक्रमको साथै बिधालयको शैक्षिक प्रगतिको शुभकामना प्रर्दान गर्नुभयो । कार्यक्रममा बिभिन्न तह तथा तत्कामा रहि बिधालयलाई आर्थिक एंव भौतिक रुपमा सहयोग पुयाउने ब्यक्तित्वहरुलाई सम्मान गरीनुका साथै बिभिन्न किसीमका संस्कृतिक कार्यक्रम प्रस्तुत गरीएकोे थियो ।
कार्यक्रममा ईशनाथ नगरपालिकाका उप—प्रमुख हुस्ने आरा, समाजसेवी मो.समशाद, पुर्व गाविस अध्यक्ष महेन्द्र ठाकुर, रामचनद्र गुप्ता, नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व अध्यक्ष प्रेमचन्द्र झा, विधालयका प्रधानाध्यापक, शिक्षक÷ शिक्षिका, विधार्थी तथा अभिभावकहरुको सहभागीता रहेको थियो ।