रौतहट । उखु किसानको बक्यौता रकम दिनुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघले आज रौतहट सहित देशैभरी प्रदर्शन गरेको छ ।
चिनि मिल सञ्चालहरुले उखु किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राख्दै समाजवादी युवा संघ रौतहटले आज सदरमुकाम गौरमा कडा विरोध प्रदर्शन गरेको छ ।
समाजवादी युवा संघ प्रदेश २ कार्य समितिको आह्वानमा चिनि मिल सञ्चालकको विरुद्ध प्रदर्शन गरिएको हो ।
समाजवादी युवा संघका प्रदेश सचिव कमलेश यादव र जिल्ला अध्यक्ष कौशर खान मिथिलाको नेतृत्वमा सयौको संख्यामा युवाहरुले आज रौतहटको सरमुकाम गौरमा शक्ति प्रदर्शन गरेको छ ।
चिनि मिल सञ्चालक गरिव किसानको उखुको बक्यौता रकम भुक्तानी गर लगाएतका नारावाजी गर्दै युवाहरुले गौर परिकर्मा गर्दै विरोध प्रदर्शन गरेको हो ।
समाजवादी युवा संघका प्रदेश सचिव कमलेश यादवले श्रीराम सुगर मिल गरुडाले किसानहरुलाई उखुको बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन । मिलले किसानको रकम तत्काल भुक्तानी नगरे यो भन्दा पनि कडा आन्दोलन गर्न बाध्य हुने सचिव यादवले चेतावनी दिएका छन ।
विरोध प्रदर्शनपश्चात आफुहरुले रौतहटका सिडियो इन्द्रदेव यादवलाई उखुको भुक्तानी मिल सञ्चालकसँग तुरुन्त दिलाउन माग राख्दै ज्ञापनपत्र समेत बुझाएको सचिव कमलेश यादवले बताएका छन ।
बिरोध प्रदर्शन कार्यक्रममा जसपाका युवा नेता राजकुमार दास,उपेन्द्र राय,दिनेश यादव,ओम प्रकाश साह,ललन यादव,पुनप्रताप पटेल, राम नरेश यादव, सुनिल यादव लगायत सयो युवा नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।