घर बनाउनमा गाउँपालिका अध्यक्ष साहको सहयोग

906

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जस्तापाता सहित घर निर्माण गर्ने विभिन्न सामाग्री वितरण गरिएको छ । अतिविपन्न तथा गरिब परिवाहरुलाई घर निर्माण गर्नको लागि दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साहले जस्तापाता वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष अरुण कुमार साहले दुर्गा भगवती गाउँपालिका वडा नं. १ का ३२३ घर परिवारलाई घर निर्माणका लागि जस्तापाता र घर निर्माण गर्नमा काम लाग्ने केही सामाग्री पनि वितरण गरिएको हो ।
घर बनाउनमा कठिनाई तथा असक्षम पिडित परिवारहरुलाई घर बनाउन सहयोग स्वरुप केही सहयोग गरेको प्रयास दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले रौतहट टुडेलाई बताउनुभयो ।
जस्तापाता वितरण गर्दै गाउँपालिका अध्यक्ष साहले अतिविपन्न जयालादारी तथा गरिबहरुलाई घर निर्माण गर्नको लागि २४ वटा जस्तापाता र केहि सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष साहले बताए ।
तत्कालका लागि घर बनाउन मिल्ने पिडितहरुलाई घर बनाउन सहयोग गर्ने र घर बनाउन नसक्नेहरुका लागि अर्को उपयुक्त विकल्प खोजी भईरहेको गाउँपालिका अध्यक्ष साहले जानकारी दिनुभयो ।
जस्तापाता वितरण कार्यक्रममा रौतहट क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य प्रत्यासी एवं जनता माझ लोकप्रिय रहनुभएका नेपाली काग्रेसका युवा नेता राजेश कुमार चौधरी , दुर्गा भगवती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष प्रधुमन कुमार चौधरी, पत्रकार तथा स्थानिय सर्वसधारनहरुको सहभागीतामा सो घर बनाउने सामाग्री वितरण गरिएको थियो ।